१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

उदयपुरमा अझै २ प्रतिशतमा हात्तीपाइले

२ कार्तिक २०७४, बिहीबार ०४:४६

कात्तिक २, गाईघाट (रासस) | विगत पाँच वर्षदेखि हात्तीपाइले रोगविरुद्धको औषधि वितरण गर्ने र ख्वाउने कार्य हुँदै आएपनि अझै उदयपुर जिल्लामा दुई प्रतिशत जनतामा हात्तीपाइले रोगका रोगी रहेका छन् । 

जिल्ला जनस्वास्थ्य कार्यालय, उदयपुरका अनुसार विगत पाँच वर्षदेखि प्रभावकारी रुपमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने क्रम गरिँदै आएको भए पनि अझै पनि दुई प्रतिशत जनतामा यो रोग रहेको हो । 

जिल्लाका केही स्थानमा हात्तीपाइले रोगका अझै बिरामी भेटिएपछि जिल्ला जनस्वास्थ्य कार्यालय, उदयपुरले आगामी मंसिरको पहिलो हप्तादेखि जिल्लाका मुख्य नगरपालिका कटारी, बेल्टार तथा त्रियुगा क्षेत्रमा पुनः हात्तीपाइले रोग सम्बन्धि नमूना परीक्षणसमेत गरिन लागेको कुरा जिल्ला जनस्वास्थ्य अधिकृत सागर प्रसाईं बताउनुहुन्छ । 

सम्बन्धित क्षेत्रमा नमूना परीक्षण गरेर कुन क्षेत्रमा कति प्रभावित रहेका छन् सोहीअनुसार नमुना परीक्षणअनुसारनै पुनः एक वर्ष थप हात्तीपाइले रोगको औषधि वितरण कार्यक्रमलाई अझ बढाइन लागेको पनि जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका तथ्यांक अधिकृत दुनियाँलाल यादवले बताउनुभयो । 

हात्तीपाइले रोगको औषधि वितरण र खुवाउने कार्यक्रम उदयपुरमा अन्त्य भए पनि अझै हात्तीपाइले रोगका बिरामी भेटिएका कारण यसपटक नमूना परीक्षण गरेर सम्बन्धित क्षेत्रमा पुनः औषधि वितरण गरेर खुवाइ निर्मूल गर्ने नीतिका साथ नमूना परीक्षण अभियानसमेत शुरु गर्न लागिएको जिल्ला जनस्वास्थ्य कार्यालयले बताएको छ । 

झण्डै दुई लाख ९८ हजार जनतामा हात्तीपाइले रोगविरुद्ध वर्षेनी औषधि खुवाउने कार्य हुँदै आएको पनि जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरले बताएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन