२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

भर्तामा एघारौं अभ्यास पाठशाला संचालन

२०७२, १७ मंसिर बिहीबार ०३:२५

दलसिंह गिरी/ मंसिर १७, कालिकोट । परम्परागत खेतीमा रहेको कृषकहरुलाई आधुनिक तथा बेमौसमी तरकारी खेतीमा अग्रसर गराई उनीहरुले उत्पादन गरेको तरकारीलाई बजार पहुँच सम्म पु¥याउन समेत सपोट गरिरहेको साना किसानहरुको स्थानीय संस्था तथा बजार पहुँच कार्यक्रमले आज भर्ता गाविसमा एघारौं कृषक ब्यवशाय पाठशाला संचालन गरेको छ । लिंक हेल्भेटास स्वीस इन्टरको अपरेशन नेपालको आर्थिक सहयोग तथा सामाजिक जागरण तथा विकास प्रतिष्ठान सादा नेपाल द्धारा संचालित कार्यक्रमले भर्ता गाविस वडा नं. ५ तल्लो हाम्डीमा उक्त पाठशाला संचालन गरेको हो ।

लिंक हेल्भेटास कालिकोटका जिल्ला परियोजना संयोजक लखनाथ खरेलको प्रमुख उपस्थिति, खुलालु केन्द्रका एग्रोभेट संचालक कम्मर शाही, हुल्म तरकारी संकलक केन्द्रका संयोजक हर्श बहादुर मल्लको उपस्थिति रहेको छ । पीपल चौतारी कृषक ब्यवशाय पाठशालाकी संयोजक अनरुपा विकको अध्यक्षतामा संचालित ११ औं कृषक ब्यवसाय पाठसाला कक्षा १ देखि दशौं अभ्यास कक्षा सम्म संचालन भएका क्रियाकलाप र त्यसबाट भएको उपलब्धिबारे छलफल गर्दै एघारौं अथवा सन २०१५को अन्तिम पाठशाला संचालन गरिएको सादा नेपालका जेटिए टेकराज गिरीले बताउनु भएको छ ।

एघारौं पाठशालामा कृषकहरुले निरन्तर ब्यवशाय संचालनका लागि बनाउनु पर्ने भावि योजना बारे छलफल गरी भावि योजना तयार समेत गरिएको वहाले बताउनु भयो । एघारौं पाठशालाको सहजिकरण स्थानीय बजार पहुँच कार्यक्रमका संयोजक टेकराज शाहीले गर्नु भएको र कार्यक्रम २० जना महिला सहभागि रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन