२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

अन्तर्राष्ट्रिय अपांग दिवस कालिकोटमा पनि मनाईयो

१७ मंसिर २०७२, बिहीबार १३:१६

दलसिंह गिरी/मङ्सिर १७, कालिकोट । अन्तर्राष्ट्रिय अपांग दिवस कालिकोटमा औपचारीक मात्र २०७२ मंसिर १७ कालिकोट/आज डिसेम्बर ३ तारिख अर्थात अपाङ्गता सम्बन्धी अन्तर्राष्ट्रिय दिवस । नेपालमा पनि विविध कार्यक्रम गरी मनाईएको छ ।

नेपालमा सन् १९९१ देखि प्रत्यक बर्ष मनाउदै आएको यो दिवस कालिकोटमा भने औपचारीकका लागि अपांग पुनरस्थापना केन्द्रको कार्यालयमा एक बैठकको आयोजना गरी मनाइएको छ ।

‘अपाङ्गता भएका व्यक्तिहरु सहितको विकास, एउटा समुन्नत विश्वका लागि सबै साथासाथ’ भन्ने मुल नाराका साथ यो बर्ष मनाइने दिवस कालिकोटमा भने अफिसमै सामान्य चियापान गरी मनाइएको अपांग पुनस्र्थापना केन्द्र कालिकोटका अध्यक्ष केशवराज देवकोटाले बताउनु भएको छ ।

जिल्लाका ३० वटै गाविसका अपांग साथीहरु जिल्ला सदरमुकाम मान्म सम्म आइपुग्न अप्ठ्यारो हुने भएकाले गाविस स्तरमै दिवस मनाउन पूर्व जानकारी गराइएकाले जिल्ला स्तरमा त्यस्तो कुनै तयारी नगरिएको वहाले बताउनु भयो ।

नेपालका विभिन्न क्षेत्रमा भने दिवसकै अवसरमा महिला बालबालिका तथा समाजकल्याण मन्त्रालय, राष्ट्रिय अपांग कोष र अपांगका क्षेत्रमा क्रियाशिल विभिन्न संघसंस्थाले विविध कार्यक्रम आयोजना गरी मनाएका छन् ।

यो दिवस अपांगहरुलाई माया र अवसर दिएर समाजका अन्य मानिसहरु सरह नै बाँच्न पाउने वातावरण निर्माणका लागि जनचेतना फैलाउने उद्देश्यले संयुक्त राष्ट्रसंघको आहृवानमा हरेक वर्ष डिसेम्बर तीन तारिखका दिन मनाउने गरिन्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वको कूल जनसंख्याको १० प्रतिशत मानिस अपाङ्गताबाट पीडित छन् भने संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमका अनुसार अपाङ्गता भएका ८० प्रतिशत ब्यक्तिहरु विकासोन्मुख देशमा रहेका छन् । नेपालमा भने कूल जनसंख्याको ५ दशमलब २ प्रतिशत मानिस अपाङ्गताबाट पीडित भएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…