२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

अन्तर्राष्ट्रिय अपांग दिवस कालिकोटमा पनि मनाईयो

२०७२, १७ मंसिर बिहीबार १३:१६

दलसिंह गिरी/मङ्सिर १७, कालिकोट । अन्तर्राष्ट्रिय अपांग दिवस कालिकोटमा औपचारीक मात्र २०७२ मंसिर १७ कालिकोट/आज डिसेम्बर ३ तारिख अर्थात अपाङ्गता सम्बन्धी अन्तर्राष्ट्रिय दिवस । नेपालमा पनि विविध कार्यक्रम गरी मनाईएको छ ।

नेपालमा सन् १९९१ देखि प्रत्यक बर्ष मनाउदै आएको यो दिवस कालिकोटमा भने औपचारीकका लागि अपांग पुनरस्थापना केन्द्रको कार्यालयमा एक बैठकको आयोजना गरी मनाइएको छ ।

‘अपाङ्गता भएका व्यक्तिहरु सहितको विकास, एउटा समुन्नत विश्वका लागि सबै साथासाथ’ भन्ने मुल नाराका साथ यो बर्ष मनाइने दिवस कालिकोटमा भने अफिसमै सामान्य चियापान गरी मनाइएको अपांग पुनस्र्थापना केन्द्र कालिकोटका अध्यक्ष केशवराज देवकोटाले बताउनु भएको छ ।

जिल्लाका ३० वटै गाविसका अपांग साथीहरु जिल्ला सदरमुकाम मान्म सम्म आइपुग्न अप्ठ्यारो हुने भएकाले गाविस स्तरमै दिवस मनाउन पूर्व जानकारी गराइएकाले जिल्ला स्तरमा त्यस्तो कुनै तयारी नगरिएको वहाले बताउनु भयो ।

नेपालका विभिन्न क्षेत्रमा भने दिवसकै अवसरमा महिला बालबालिका तथा समाजकल्याण मन्त्रालय, राष्ट्रिय अपांग कोष र अपांगका क्षेत्रमा क्रियाशिल विभिन्न संघसंस्थाले विविध कार्यक्रम आयोजना गरी मनाएका छन् ।

यो दिवस अपांगहरुलाई माया र अवसर दिएर समाजका अन्य मानिसहरु सरह नै बाँच्न पाउने वातावरण निर्माणका लागि जनचेतना फैलाउने उद्देश्यले संयुक्त राष्ट्रसंघको आहृवानमा हरेक वर्ष डिसेम्बर तीन तारिखका दिन मनाउने गरिन्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वको कूल जनसंख्याको १० प्रतिशत मानिस अपाङ्गताबाट पीडित छन् भने संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमका अनुसार अपाङ्गता भएका ८० प्रतिशत ब्यक्तिहरु विकासोन्मुख देशमा रहेका छन् । नेपालमा भने कूल जनसंख्याको ५ दशमलब २ प्रतिशत मानिस अपाङ्गताबाट पीडित भएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन