२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

दाहाँ गाविस कर्नालीकै सातौ बालविवाह मुक्त गाविस घोषणा

२० मंसिर २०७२, आईतवार १२:५५

ka;likot newsदलसिंह गिरी/मङ्सिर २०, कालिकोट । दाहाँ गाविसलाई कर्नालीको सातौ बालविवाह मुक्त गाविस घोषणा गरिएको छ ।

यस अघि कालिकोटका जुविथा, सुकाटिया, छाप्रे, पाखाँ, कालिका (मुग्राहा), मान्म गाविस बालविवाह मुक्त गाविस घोषणा भइसकेका छन् । सरमुकाम मान्मबाट पूर्व तर्फ पर्ने दाहाँ गाविसका सम्पूर्ण समुदायले बालविवाह नगर्ने प्रतिबद्धता सहित आज गाविसलाई बालविवाहमुक्त घोषणा गरेका हुन् ।

बालविवाह मुक्त गाउँ, सबै मिली बनाऔं भन्ने मूल नाराका साथ गाविसका प्रत्येक टोल टोलबाट प्लेकार्ड, नारा, जुलुससहित आएका स्थानीयबासीले गाविसका कुनै पनि बालबालिकाको विवाह नगर्ने बाचा गर्दै बालविवाह गर्नेलाई कानुनको कठघरमा उभ्याउने प्रतिबद्धता पनि गरेका छन् ।

गाविस स्तरीय बाल अधिकार संरक्षण तथा संर्वधन उप समिति दाहाँको आयोजनामा सम्पन्न घोषणा कार्यक्रममा प्रमुख अथिति एवं प्रमुख जिल्ला अधिकारी प्रदिप श्रेष्ठ, विशेष अथिति एवं स्थानीय विकास अधिकारी टिकाराम ज्ञावाली, प्रहरी नायक उपरिक्षक किशनसिंह बुडाल सहित जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, बाल अधिकारकर्मी, दलका नेता कार्यकर्ता, सञ्चारकर्मी लगायतको सहभागिता रहेको छ ।

कार्यक्रमको अध्यक्षता गाविस स्तरीय बाल अधिकार संरक्षण समितिका अध्यक्षता एवं दाहाँ गाविस सचिव ब्रम कुमार खड्काले गर्नु भएको थियो भने बालविवाह मुक्त गाविस घोषणाको पहल तथा आर्थिक सहयोग किर्डाक नेपाल कालिकोटले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव