कात्तिक ८, काठमाडौं । स्वयम्भुको महाचैत्य परिसरमा एउटा ढुंगा अस्वभाविक रुपमा तातेपछी त्यसलाई छुनको लागि भीड लाग्ने गरेको छ । भुईंमा छापिएको ढुंगामध्ये एउटा ढुंगा अस्वभाविक रुपले तातेपछी यसको बारेमा अनेकन चर्चा र अड्कलबाजी भइरहेका छन् ।
ढुंगा तात्नुको पछाडी दैवीशक्तिको शक्तिलाई जोड्नेहरु पनि धेरै छन् । किन एउटा मात्रै ढुंगा तात्यो ? भन्ने प्रश्न सबैको छ ।
मंगलबार यसै बिषयमा सत्य तथ्य बुझ्न खानी तथा भूगर्भ विभागको टोली स्वयम्भु पुगको थियो तर टोलीले कुनै रहश्य पत्ता लगाउन सकेन । उक्त ढुंगामा भूगर्भ विभागको टोलीले ‘ग्राउन्ड पेनिट्रेटिङ रडार’ लगाएर जाँच गर्यो तर विभागले त्यहाँ कुनै इलेक्टि्रक ‘सर्ट सर्किट’ ठम्याउन सकेन ।
बिभागले एक दिन सो क्षेत्रको विजुली काटेर पनि जाँच गर्न सकिने जनाएको छ । स्वम्भुको अनन्तपुरर महाचैत्यको बीचमा तातेको ढुंगालाई इटाले घेरिएको छ ।