१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा भारतीय नागरिकद्वारा नेपाली महिला बलात्कृत

८ कार्तिक २०७४, बुधबार ११:३६

कात्तिक ८, सुस्ता | नेपालको ऎतिहासिक स्थल नवलपरासी जिल्लाको सुस्तामा २ जना भारतीयहरुले एक जना नेपाली महिलालाई बलात्कार गरेका छन । 

२ जना भारतीय नागरिकहरुले सुस्तामा बस्ने एक लोनिया जातकि अन्दाजी ५० बर्ष कि  नेपाली महिलालाई २ दिन अघि बलात्कार गरेको घटना हुँदा पनि नेपाली प्रहरी प्रशासन बेखबर बनेका छन । लोनिया जात कि नेपाली महिला भारत बिहारको नजिक भेडिहारी बजार बाट बजार गरि नेपालको सुस्ता अथवा आफ्नो घर तिर आउदै गर्दा नेपाल र भारतको सिमा नजिकै रहेको जङ्गलमा उनको बलात्कार भएको पीडितका परिवारले बताएका छन । 

लोनिया जातकी नेपाली महिलालाई एक्लो भएको बेलामा मौका पारी २ भारतीय नागरिकहरुले उनको मुख बानी नजिकैको जङ्गलमा लगि बलात्कार गरेको सुस्ताबासीहरुले बताए । यो घटना मिति २०७४ कार्तिक ६ गते घटेको स्थानीयहरुले बताउँछन् । घटना घटेको २ दिन बितिसक्दा पनि नेपाली प्रहरी प्रशासन भने बेखबर बनेको छ । 

सुस्ताबासिलाई खानेकुराहरुको व्यवस्था गर्नको लागि भारतको २ वटा राज्यको बजार एक बिहारको भेडिहारी बजार र अर्को उत्तर प्रदेश राज्यको बहुवार बजार गर्न जाने बाध्यता रहेको छ । सुस्ताबासिहरुलाई बजार तथा आफन्तीका जान पर्यो भने २ वटा बाटो मात्र रहेको छ । एक नारायणी नदीबाट डुङ्गाको प्रयोग र अर्को भारतको बिहार हुदै जान पर्ने सुस्ताबासीको पिडा रहेको छ । एकातिर सुस्तामा बस्ने पुरुषहरुलाई भारतीय वान्टेडको रूपमा रहेको भन्दै आवतजावत गर्ने क्रममा भारतीय प्रहरीहरुले विभिन्न पिडाहरु र दुख दिने गरेका छन भने अर्को तिर भारतीय नागरिकहरुले नेपाली महिलाहरुलाई बलात्कार जस्ता घटनाहरु गर्ने गरेको स्थानीयबासीहरुको गुनासो रहेको छ । 

सो विषय ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक केशव सिंह थापालाई सोध्दा घटना भारतको भुमिमा भएको र पिड्कहरुलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको बताएका छन । – श्याम थापाबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए