१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

झापामा गोली चल्यो, विर्तामोड तनावग्रस्त

१० कार्तिक २०७४, शुक्रबार ०८:१७

कात्तिक १०, झापा । बालक हत्याको विरोधमा स्थानीय बासिन्दाले निकालेको र्यालीमा प्रहरीले दमन गरेपछि झापाको विर्तामोड तनावग्रस्त बनेको छ ।

शान्तिपूर्ण रुपमा आयोजना गरिएको र्यालीमा प्रहरीले दर्जनौं राउण्ड रवरका गोली चलाए पछि प्रहरीले दमन गरेको भन्दै सर्वसाधारणले नारावाजी गरिरहेका छन् । शनिश्चरे रोडबाट आज बिहान निकालिएको र्याली प्रहरीकै इस्कर्टिङमा विर्तामोडको मुक्ति चोकमा पुगेपछि प्रहरीले रोकेको थियो ।


प्रहरीको अवरोधलाई छिचोलेर विरोध र्याली अगाडि बढ्न खोज्दा प्रहरीले लाठीचार्ज तथा गोली प्रहार गरेको हो । शान्तिपूर्ण आन्दोलनमा उत्रेका सर्वसाधारणमाथि प्रहरीले लाठी तथा अश्रुग्यास प्रहार गर्न थालेपछि सर्वसाधारणले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए ।

दशैंको टीकाको दिन बेपत्ता भएका अर्जुनधारा ११ का ११ बर्षीय लक्ष्मण शिवाकोटीको शब त्यसको भोलिपल्ट अर्जुनधारा ५ को धानबारीमा फेला परेको थियो । बिर्तामोड ५ का शुरेस पोखरेल लगायतले हत्या गरेको भन्दै मृतकका काका बिष्णुप्रसाद शिवाकोटीले पोखरेल परिवारका आठ जनाबिरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका थिए ।

गोली प्रहार तथा अश्रुग्यास लागेर कति जना घाइते भए भन्ने यकिन हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड