इमरान खान/कात्तिक ११, कपिलबस्तु । नेपाल सरकारले मुस्लिम बिद्यार्थीहरू पढ्दै आएको मदरसा शिक्षालाई मन्याता नदिदा नेपालमा लाखौ मुस्लिम विद्यार्थीहरु शिक्षाबाट "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

इमरान खान/कात्तिक ११, कपिलबस्तु । नेपाल सरकारले मुस्लिम बिद्यार्थीहरू पढ्दै आएको मदरसा शिक्षालाई मन्याता नदिदा नेपालमा लाखौ मुस्लिम विद्यार्थीहरु शिक्षाबाट "/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

मदरसा शिक्षालाई मान्यता नदिंदा सचेत मुस्लिम आक्रोशित

११ कार्तिक २०७४, शनिबार ०७:२७


इमरान खान/कात्तिक ११, कपिलबस्तु । नेपाल सरकारले मुस्लिम बिद्यार्थीहरू पढ्दै आएको मदरसा शिक्षालाई मन्याता नदिदा नेपालमा लाखौ मुस्लिम विद्यार्थीहरु शिक्षाबाट बञ्चित भएका  छन । 

नेपालमा रहेका दुइ हजार भन्दा बढी मदरसा मध्ये अहिले सरकारले मात्र ८ सय ५० मदरसालाई प्राथमिक तहसम्मको मात्र मन्याता दिएको छ । त्यस भन्दा माथि सम्मको मदरसा शिक्षलाई मन्याता नदिदा मुस्लिम विद्यार्थीरुले विचमै पढाइ छाडने गरेका छन ।  प्रा. वि. तह भन्दा माथि तहको मन्याता  नपाए पछि मुस्लिम विद्यार्थीहरु विचमै पढाई छोड्नु पर्ने बध्यता रहेको छ । 

नेपालमा रहेका मदरसाहरुमा मास्टर डिग्री सम्मा पढाई हुने गरे त पनि सरकारले त्यसलाई मन्याता नदिएका भन्दै मुस्लिम आगुवाहरुले सरकारले हामीहरुलाई उपेक्षा गरेको आरोप लगाएका छन । 

नेपालको कुल जनसख्ंयाको ४.४ प्रतिशत मुस्लिमहरुको अबादि रहेको देशमा मदरशा शिक्षालाई मन्याता नदिनु दुःखद कुरा रहेको राष्ट्रिय मुस्लिम आयोगका सदस्य मौलना मेहबुब खानले बताएका छन् । नेपालमा रहेका अधिकास मदरसामा नेपाल सरकारले अंकुश लगाएको उनले गुनासो गरे  । 

‘हामी नेपाली नागरिक हौ तर नेपाल सरकारले हाम्रो मुस्लिम शिक्षालाई मन्याता नदिदा हाम्रो भवानामा यस सरकारले ठुलो चोट पु¥याएका राष्ट्रिय मदरसा संघका महासचिव मौलना महसुद खान नेपालीले दुःख पोखेका छन । उनले थप भने ‘हामी नेपाल सरकारको कानुन र दयारा भित्र रहेर हरेक क्रियाकलाप गर्छौ तर सरकारले हाम्रो धर्मीक शिक्षालाई मन्याता नदिएकोमा यस सरकारप्रति घोर आपत्ति रहेको छ । 

नेपालमा रहेका ९.४ प्रतिशत बौद्धा धर्मलम्वीहरुको लागि विश्वविद्यालय खोल्ने अनि मदरसा शिक्षालाई प्राथमिक तहको मात्र मन्याता दिने यो सरकारको रवैया गलत भएको राष्ट्रिय मदरसा संघका अध्यक्ष डां अब्दुल गनी अलकुफीले यस सरकार प्रति दुःख पोखेका छन । नेपाल सरकारले एकतर्फी नियम लागुगर्दा हामी मुस्लीम विद्यार्थी पढ्नबाट बन्चित भएको नेपालगन्जका सदाम खानले बताए  । 

सदामले भने – सरकारले मुश्लिम शिक्षा मदरसाहरुमा मास्टर डिग्री सम्मा पढाइ हने हुदा मदरसा शिक्षालाई माथिल्लो तहको मन्याता नदिदा म जस्ता नेपालका लाखौ मुस्लीम विद्यार्थीहरुको भविष्य यस सरकारले अन्धकारमा परेको छ । नेपालमा रहेका दुई हजार भन्दा बढी मदरसाबाट बर्षेनी लाखौ मुस्लीम विद्यार्थीहरु नेपाल सरकारको लापर्वाहीले गर्दा स्कूल छोडनु परेको छ । 

नेपालमा सस्कृत विश्वविद्यालय, बौद्धविश्व विद्यालय छ तर मुस्लीमहरुका लागि मात्र प्राथमिक तहको मन्याता दिने यस सरकारको नियतमा नै खोट रहेको रौताहटका सब्बिर पठानले बताएका छन । 

दाङका शमशेर मिया भन्छन – प्राथमिक तह पढ्यो माथि सम्म पढ्ने कुनै नियम नै बनाइएको छैन नेपाल सरकारले अब हामि कुन ठाउंमा पढने भने कुनै बिकल्प समेत रखेको छैन । मुश्लिम शिक्षालाई लि यो नेपाल सरकारका लागि ठुलो प्रश्न बन्न पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली