इमरान खान/कात्तिक ११, कपिलबस्तु । नेपाल सरकारले मुस्लिम बिद्यार्थीहरू पढ्दै आएको मदरसा शिक्षालाई मन्याता नदिदा नेपालमा लाखौ मुस्लिम विद्यार्थीहरु शिक्षाबाट "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

इमरान खान/कात्तिक ११, कपिलबस्तु । नेपाल सरकारले मुस्लिम बिद्यार्थीहरू पढ्दै आएको मदरसा शिक्षालाई मन्याता नदिदा नेपालमा लाखौ मुस्लिम विद्यार्थीहरु शिक्षाबाट "/>

२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

मदरसा शिक्षालाई मान्यता नदिंदा सचेत मुस्लिम आक्रोशित

२०७४, ११ कार्तिक शनिबार ०७:२७


इमरान खान/कात्तिक ११, कपिलबस्तु । नेपाल सरकारले मुस्लिम बिद्यार्थीहरू पढ्दै आएको मदरसा शिक्षालाई मन्याता नदिदा नेपालमा लाखौ मुस्लिम विद्यार्थीहरु शिक्षाबाट बञ्चित भएका  छन । 

नेपालमा रहेका दुइ हजार भन्दा बढी मदरसा मध्ये अहिले सरकारले मात्र ८ सय ५० मदरसालाई प्राथमिक तहसम्मको मात्र मन्याता दिएको छ । त्यस भन्दा माथि सम्मको मदरसा शिक्षलाई मन्याता नदिदा मुस्लिम विद्यार्थीरुले विचमै पढाइ छाडने गरेका छन ।  प्रा. वि. तह भन्दा माथि तहको मन्याता  नपाए पछि मुस्लिम विद्यार्थीहरु विचमै पढाई छोड्नु पर्ने बध्यता रहेको छ । 

नेपालमा रहेका मदरसाहरुमा मास्टर डिग्री सम्मा पढाई हुने गरे त पनि सरकारले त्यसलाई मन्याता नदिएका भन्दै मुस्लिम आगुवाहरुले सरकारले हामीहरुलाई उपेक्षा गरेको आरोप लगाएका छन । 

नेपालको कुल जनसख्ंयाको ४.४ प्रतिशत मुस्लिमहरुको अबादि रहेको देशमा मदरशा शिक्षालाई मन्याता नदिनु दुःखद कुरा रहेको राष्ट्रिय मुस्लिम आयोगका सदस्य मौलना मेहबुब खानले बताएका छन् । नेपालमा रहेका अधिकास मदरसामा नेपाल सरकारले अंकुश लगाएको उनले गुनासो गरे  । 

‘हामी नेपाली नागरिक हौ तर नेपाल सरकारले हाम्रो मुस्लिम शिक्षालाई मन्याता नदिदा हाम्रो भवानामा यस सरकारले ठुलो चोट पु¥याएका राष्ट्रिय मदरसा संघका महासचिव मौलना महसुद खान नेपालीले दुःख पोखेका छन । उनले थप भने ‘हामी नेपाल सरकारको कानुन र दयारा भित्र रहेर हरेक क्रियाकलाप गर्छौ तर सरकारले हाम्रो धर्मीक शिक्षालाई मन्याता नदिएकोमा यस सरकारप्रति घोर आपत्ति रहेको छ । 

नेपालमा रहेका ९.४ प्रतिशत बौद्धा धर्मलम्वीहरुको लागि विश्वविद्यालय खोल्ने अनि मदरसा शिक्षालाई प्राथमिक तहको मात्र मन्याता दिने यो सरकारको रवैया गलत भएको राष्ट्रिय मदरसा संघका अध्यक्ष डां अब्दुल गनी अलकुफीले यस सरकार प्रति दुःख पोखेका छन । नेपाल सरकारले एकतर्फी नियम लागुगर्दा हामी मुस्लीम विद्यार्थी पढ्नबाट बन्चित भएको नेपालगन्जका सदाम खानले बताए  । 

सदामले भने – सरकारले मुश्लिम शिक्षा मदरसाहरुमा मास्टर डिग्री सम्मा पढाइ हने हुदा मदरसा शिक्षालाई माथिल्लो तहको मन्याता नदिदा म जस्ता नेपालका लाखौ मुस्लीम विद्यार्थीहरुको भविष्य यस सरकारले अन्धकारमा परेको छ । नेपालमा रहेका दुई हजार भन्दा बढी मदरसाबाट बर्षेनी लाखौ मुस्लीम विद्यार्थीहरु नेपाल सरकारको लापर्वाहीले गर्दा स्कूल छोडनु परेको छ । 

नेपालमा सस्कृत विश्वविद्यालय, बौद्धविश्व विद्यालय छ तर मुस्लीमहरुका लागि मात्र प्राथमिक तहको मन्याता दिने यस सरकारको नियतमा नै खोट रहेको रौताहटका सब्बिर पठानले बताएका छन । 

दाङका शमशेर मिया भन्छन – प्राथमिक तह पढ्यो माथि सम्म पढ्ने कुनै नियम नै बनाइएको छैन नेपाल सरकारले अब हामि कुन ठाउंमा पढने भने कुनै बिकल्प समेत रखेको छैन । मुश्लिम शिक्षालाई लि यो नेपाल सरकारका लागि ठुलो प्रश्न बन्न पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने