३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुल्मीमा जग्गाधनीले नमाने पनि जनप्रतिनिधीले अवरुद्ध सडक खोले

११ कार्तिक २०७४, शनिबार ०७:५३

प्रेम सुनार/कात्तिक ११, गुल्मी । रेसुङ्गा नगरपालिका वडा नम्वर–९ उपल्लो तम्घासमा गत ६ वर्ष अघि देखि एक जना स्थानियले अवरुद्ध गरेको सडक जनप्रतिनिधीहरुले शनिवार डोजर चलाएर खोलेका छन् । 

खालाचौर हुँदै उपल्लो तम्घासका भित्रि घर–घर सम्म पुराएर यातायात सुविधा दिने उद्देश्यका साथ आर्थिक वर्ष २०६७/०६८ सालमा साविकको तम्घास गाविसले खनेको करिव २ किलो मिटर उक्त सडकमा एक जना मात्र जग्गाधनी शुसिला मारासीनीले आफ्नो जग्गाबाट बाटो हाल्न नदिने अडान लिदै आए पछि अलपत्र परेको थियो ।

स्थानिय तहको निर्वाचन ताका देखि नै त्यहाँबाटो दिन मरासीनी संग स्थानियले हात जोड्दा पनि उहाँले अडान नछाडेकोले अहिले बाध्य भएर उपभोक्ताहरुले जनप्रतिनिधी गुहारेर सडक सुचारु गर्न लागिएको शिक्षक समेत रहेको उपभोक्ता कृष्णप्रसाद मरासीनीले बताए । उनले उक्त कार्यका लागि जनप्रतिनिधीहरुलाई धन्यबाद समेत दिए ।

‘उहाँ एक जनाको करिव ७ हात जमिन काटिदैमा उहाँलाई केहि फरक पर्दैन्थ्यो, यहिका मानिसले मालपोत कार्यालयलाई त्यति धेरै जग्गादान पनि गरेका छन् ’–स्थानियवासीधेरैले भने–‘६०÷७० घरधुरीको सुविधा रोक्का गर्नु उहाँको गलत कार्य हो ।’ 

उपभोक्ताहरु चन्द्र पन्थी, किशोरप्रसाद मरासीनी, विष्णु पाण्डे, वडा सदस्यद्धय जुना बिश्वकर्मा, विमला पाण्डे, प्रदिप पन्थी, कृष्णप्रसाद मरासीनी र राममणि पन्थीले शुसिला मरासीनीको अवरोधलाई गलत सोंच र कसैको उक्साहट भनेका छन् ।

वडा नम्वर ९ का वडाध्यक्ष नारायण बरालले उपभोक्ताहरुले हामी जनप्रतिनिधीहरुलाई अवरुद्ध सडक खोल्न रातै दिन दवाव दिए पछि आफुहरु आएर खोल्न लागेको बताए । 

राज्यकोषबाट खर्च गरी खनिएको सडकलाई एक जना उपभोक्ता मरासीनी कै कारण अवरुद्ध हुन नहुने बताउँदै उनले भने–‘उहाँ र उहाँका छोराहरु संग समेत पटक पटक आग्रह गर्दा पनि नमाने पछि वडा कार्यालयको बैठक बसी डोजर चलाईएको हो ।’


उनका अनुसार उति वेला मरासीनीले मञ्जुरी दिएर उनको जग्गाबाट बाटो खोलिएको थियो । बाटो खोलेको केहि समय पछि मरासीनीले वारा हालेर रोकेकी थिईन् । 

करिव ४ रोपनी मरासीनीको वारीको कुनाको एउटा गौडाको करिव ७  हात जमिन काटिने उपभोक्ताहरु । उनको त्यति जमिन काटिए पनि प्रशास्त घटेरीहरु बन्ने उनिहरुको भनाई छ ।

मरासीनी परिवारका छोरा फर्शुराम मरासीनीले भने जनप्रतिनिधी भन्दैमा जनताको अधिकार छिनेर जवरजस्त गर्न नपाईने बताए । म घर छैन् मरासीनीले भने मेरी बृद्धा आमालाई एक्लाएर जवरवस्ती हाम्रो जमिनमा डोजर चलाईदै छ भन्ने सुनेको छु म कानुनतः न्याय खोज्न जाने छु, मरासनीनीले भने सहमतिमा जमिन दिन सकिन्न तर जवरजस्ती गरेकोले दिईन्न ।

उनले जिल्ला प्रशासन कार्यालयमा पनि शान्ति सुरक्षा कायम गरी पाउँ भनि निवेदन दिएको बताए । रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले पनि त्यस्तो जवरजस्तीलाई साथ दिएको उनले गुनासो गरे । 

कांग्रेसका एक जना कार्यकर्ता एवं स्थानियवासीले जनप्रतिनिधीहरुले सवै राजनैतिक दलको भेला गराई सम्वन्धितलाई सहमत गराउनुको साटो आफुहरु कसैलाई पनि नवोलाई जवरजस्ती जनप्रतिनिधीहरुले एमालेकरण गरेको आरोप लगाए ।

वडाध्यक्ष वराल एमालेबाट विजयी जनप्रतिनिधी हुन् । वडाध्यक्ष वरालले आफुलाई असफल पार्न केहि पक्षले विवाद चर्काउने र विकास निर्माण संग जोडिएका मानिसहरु उक्साउँदै आएर आफुलाई बाधा पार्दै आएको प्रतिकृया दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन