कात्तिक ११, धादिङ । राजविराजबाट काठमाडौं जादैँ गरेको ना ६ ख १४६७ नम्बरको बस त्रिशुलीमा खस्दा मृत्यु भएका १९ जनामध्ये १२ जनाको सनाखत भएको छ ।
सप्तरी तिलही-३ का सिमीकुमारी झाँ, सिराहा, गोलकपरका राडाकुमार यादव, सप्तरीका नरेश मुखिया, शुसान चौधरी, रमानन्द यादव, संजित कुमार झाँ, सिम्मी कुमारी झा, आदित्य यादव, पार्वती चौधारीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मधुवन बिहार भारतका ममता देवी ठाकुर र सिराहाका राज कपुर यादबको सानत भएको धादिङ प्रहरी प्रमुख ध्रुवकुमार रावतले जानकारी दिए ।
घाइते १४ जनाको धादिङमै उपचार भइरहेको छ भने अन्य दुई जनाको काठमाडौंमा उपचार भइरहेको छ । पृथ्वीराजमार्ग अर्न्तगत गजुरी गाउँपालिकाको घाटबेसी भन्ने ठाउँमा खसेको बस क्रेनबाट निकाल्न लागिएको प्रहरी प्रमुख रावतले जानकारी दिए ।
सप्तरीको राजविराजबाट छुटेको बस बिहान ६ बजे दुर्घटना भएको थियो । बसमा कति जना सवार थिए भन्ने अझै खुल्न सकेको छैन । प्रहरी, सशस्त्र, जनपद, रेडक्रस, स्थानीयले उद्वार गरिरहेका छन् ।