२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

नौ सय बढी म्यादीका लागि तिन करोड भन्दा बढी पारिश्रमिक

२०७४, १२ कार्तिक आईतवार १३:०९

अजयकुमार साह/कात्तिक १२, उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनको सुरक्षा व्यवस्थाका लागि छनौट गरेको नौ सय ३९ म्यादी प्रहरीका लागि तिन करोड भन्दा बढी रकम खर्च गर्ने भएको छ । 

उदयपुरमा म्यादी प्रहरी छनौट कार्य शुक्रबार सम्पन्न गरेको छ । शुक्रबार अन्तिम परिणाम सार्बजनिक भएको छ । करिब २ महिनाका लागि खटाइने म्यादी प्रहरीलाई प्रहरी जवान सरह मासिक १७ हजार २ सय ३० रुपैया पारिश्रमिक तोकिएकोछ । 

म्यादी प्रहरीको पारिश्रमिक, रासन र स्थानीय भत्ता गरी ३ करोड २३ लाख ५७ हजार नौ सय ४० रुपैया खर्च लागत रहने जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक(एसपी) नवराज भट्टले बताए । 

निर्वाचनको क्रममा कुनै म्यादी घाइते भएमा सरकारले उचारका लागि एकलाख ५० हजार रुपैयाँसम्मको उपचारखर्च दिने जनाइएको छ । खटिने क्रममा मृत्य नै भएमा नीजको आश्रीत परिवारलाई १५ लाख रुपैया आर्थिक सहयोग उपलब्ध गराउने व्यवस्था रहेको एसपी भट्टले बताए । 

जिल्ला प्रहरी कार्यालयले उदयपुरमा ९ सय ३९ जना म्यादी प्रहरी छनौट गरेको जनाएको छ । जस मध्ये दुई सय ५२ जना महिला रहेकाछन भने बाँकी छ सय ८७ जना पुरुष रहेकाछन् । एक सय ८७ जनाको नाम बैंकल्पिकमा प्रकाशित गरिएको जनाएको छ । म्यादी प्रहरीका लागि दुई हजार दुई सय १९ जनाले फारम भरेका थिए ।

जिल्ला प्रहरी कार्यालय उदयपुरमा म्यादी प्रहरीका लागि आवेदन गरेकाहरुलाई छनौट पक्रियामा सहभागी गराउंदै । तस्विर: अजयकुमार साह (साझा सबाल)

म्यादी प्रहरीका लागि छनौट भएकाहरुलाई यसै सातादेखि तालिम दिईने जिप्रकाले जनाइएको छ । उनीहरुलाई जिल्लाको कटारी, बेल्टार, रामपुर ठोक्शीलामा विभाजन गरी तालिमको व्यवस्था मिलाइने जनाइएको छ । 

म्यादीका लागि फारम भरेकालाई उचाई, तौल नाप्नुका साथै स्वस्थ्य परिक्षण, सेटअप, पसअप, रनिङ गराइएको थियो । त्यसमा पास हुनेहरुलाई लिखित र मौखिक परिक्षा लिई अन्तिम परिणाम निकालिएको जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टले बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै