२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

राजनीति प्रभाव पर्दैन: खनाल

२०७२, १९ चैत्र शुक्रबार ०३:२२

प्रकाश धौलाकोटी/ चैत १८, तेह्रथुम । सत्य निरुपण तथा मेलमिलाप आयोगले विहीबार तेह्रथुमका द्धन्द्धपिडित, राजनीतिक दल, नागरिक समाज, सन्चारकर्मी र सरकारी कर्मचारीहरुसँगको छुट्टाछुट्टै छलफल तथा अन्तरक्रिया गरेको छ ।

कार्यक्रममा बोल्दै आयोगका सदस्य वरिष्ठ अधिवक्ता लिला उदासी खनालले आयोगको काम कारवाहीमा कुनै राजनीतिक प्रभाव हुन नदिने बताएका छन् । उनले आफुहरु राजनीति गर्न आयोगमा आएको नभई वास्तविक पिडितहरुको न्यायकालागि छानविन, खोज अनुसन्धान र न्यायिक पहुँचमा पुर्याउनकालागि आएको दाबी गरे ।

यदि कसैलाई राजनीति गर्नुपर्ने भए आयोगमा नभई राजनीतिक पार्टीमा जानुपर्ने समेत उनले बताए । काम गर्न निकै कठिन भएपनि सर्वश्रेष्ठ नेपाली नागरिक र पिडितहरुको साथ पाए आफुहरुले वास्तविक पिडितहरुलाई न्याय दिलाएरै छाड्ने उनले दाबी गरे ।

संसारका धेरै देशमा यस्ता आयोग बनेका छन्, उनले भने–तर धेरै देशका आयोगहरु सफल बनेका छैनन् हामीपनि यस विषयमा सतर्क भएर काम गरिरहेका छौँ, सबैको साथ मिले हामी यो काम गर्न सक्छाँै ।

खनालले देशका ६० बढी जिल्लामा छलफल र सल्लाह सुझाव संकलन गरिसक्दा धेरै जिल्लाका द्धन्द्धपिडितले सरकारले दिने भनेको १० लाख रुपैयाँ राहत रकम एकमुष्ट दिने माग गरेको बताए ।

कार्यक्रममा द्धन्द्धका क्रममा भएका विभिन्न घटना, आयोगका काम कर्तव्य र क्षेत्राधिकारबारे उठेका प्रश्नहरुको आयोगका सदस्य खनालले जवाफ दिएका थिए । सहभागीले उतिवेला घटेका धेरै घटनाको प्रमाण अहिले नभेटिने भएकाले विना प्रमाण पिडितले न्याय पाउने अवस्था खासै नदेखिएको गुनासो गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन