१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माथिल्लो डोल्पामा हिमपात, निर्वाचनका काम प्रभाबित हुने

१४ कार्तिक २०७४, मंगलवार १०:२७

टेक शाही/कात्तिक १४, डोल्पा । कार्तिकको पहिलो सातामा नै हिमपात भए पछि माथिल्लो डोल्पाको जनजिवन प्रभाबित भएको छ । 

निर्वाचन हुन झण्डै एक एक महिना मात्र बाँकि रहेको बस्थामा छिटफुट रुपमा हिमपात भए पछि निर्वाचनका काम समेत प्रभाबित हुने देखिएको छ । शनिबार देखि मँगलबार राति सम्म पटक–पटक सामान्य हिमपात भए पछि चिसो ह्वात्तै बढेको स्थानिय डोल्पो बुद्धगाँउपालिकाका स्थानिय छिरिङ्ग क्याल्बो गुरुङ्गले बताए । उनका अनुसार कार्तिकमा नै हिमपात भए पछि यस बर्ष चिसो झनै बढने अनुमान गरे । 


माथिल्लो डोल्पाको अधिकाँश भु–भाग ३ इनच बराबरको हिउ जमे पछि दैनिक चिसो बढ्दै गएको स्थानियहरुले बताएका छन । यसरि कार्तिकको पहिलो साता नै हिमपात हुन थाले पछि मँसिर १० मा हुने निर्वाचन समेत प्रभाबित हुने आँसका स्थानियमा बढदै गएको छ । 

डोल्पामा मँसिर १० मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि कुनै पनि दल माथिल्लो डोल्पामा जाने आट गरेका छैनन । त्यसै गरि निर्वाचनका कुनै पनि गतिबिधिहरु माथिल्लो डोल्पामा हुन सकेका छैनन । कार्तिकको दोस्रो सातामा नै चिसो बढे पछि मँसिरमा हुने निर्वाचनमा कर्मचारिहरु नै जान नमान्ने अबस्था आउने धेरैको आकलन रहेको छ । 

माथिल्लो डोल्पाका ३ वटा गाँउपालिका शे–फोक्सुण्डो गाँउपालिका,डोल्पो बुद्ध गाँउपालिका र छार्का ताङसोङ गाँउपालिकाका सबै वडा तथा बस्तिहरु मिपातले प्रभाबित भएका छन । 


५६ सय को उचाइ सम्मका मानव वस्ति रहेका माथिल्लो डोल्पाका स्थानिय तहहरुमा चिसोले जनजिवन दैनिक प्रभाबित भएको माथिल्लो डोल्पाका बिद्यालयमा कार्यरत शिक्षकहरुले सामाजिक सञजालमा लेखेका छन । 

सञ्चारका माध्यायम नभएका माथिल्लो डोल्पाका धो,साल्दाङ र फोकसुण्डो तापारिचा माध्यामिक बिद्यालयमा भि–स्याट फाने मार्फत इन्टरनेको सेवा सञ्चालनमा रहेको दुरसञ्चार कार्यालय डोल्पाका प्रमूख दयाबिक्रम केसिले जानकारि दिए । 

हिमपात र चिसो दैनिक बाढे पछि माथिल्लो डोल्पाका स्थानियहरु पनि तल्लो डोल्पामा झर्ने तयारि गरि रहेका छन । हरेक बर्ष हिउदको समयमा माथिल्लो डोल्पाका स्थानियहरु जाडो छल्न तल्लो डोल्पाका बिभिन्न गाँउ र तराइका शहरमा झर्ने गर्दछन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए