२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

अपाङ्गहरुको सहभागीतामा जोड दिन आग्रह

१४ कार्तिक २०७४, मंगलवार १०:२९

अजयकुमार साह/कात्तिक १४, उदयपुर । जिल्लामा अपाङ्गता भएकाहरुको विकास लागि स्थानिय निकायहरुको तर्फबाट ठोस पहल हुननसकेको गुनासो अपाङ्गता सम्बन्धी कार्य गरिरहेका संघ संस्थाहरुले आवाज उठाएकाछन् ।  

अपाङ्ग सम्बन्धी सवालहरुको समावेसीकरण सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रममा आईतबार संघ संस्था सम्बद्ध अधिकारकर्मीहरुले सो आवाज उठाएका हुन् । 

हाल स्थानिय तहको पुनःसंरचना भईसक्दा समेत अपाङ्गहरुलाई ति संरचनाहरुमा नसमेटेको उनिहरुको गुनासो रहेको छ । जिल्लामा रहेका चार वटा नगरपालिका र चार वटा गाउँपालिकाहरुका कार्यक्रम र बजेट निर्माण गर्दा अपाङ्गहरु बारे खासै चासो नलिएको उनिहरुले गुनासो गरेकाछन् । 

अपाङ्गता सम्बन्धि बिषयलाई स्थानीय निकायका हरेक गतिबिधिहरुमा समाबेस गरियोस् भन्दै अब अपाङ्गता भएकाहरुलाई आफ्नै उद्योग, व्यवसाय अन्य रोजगारमुलक, शिपमुलक कार्यक्रमहरुतर्फ उन्मुख गराउन सम्बन्धीत निकायले पहल गर्नुपर्ने अपाङ्ग बिकास संघ उदयपुरका अध्यक्ष चन्द्र राईले बताए ।

कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुको हक, हित र अधिकारका लागि नेपालमा अन्तराष्ट्रिय कानुन, नेपाल सम्बद्ध घरेलु कानुनहरु विद्धमान हुँदा समेत त्यस्तो कानुनलाई ओझेलमा पारिरहेको उनले आरोप लगाए । बार्षिक करोडौं बजेट विनियोजन हुँदा समेत  अपाङ्गता भएकाहरुलाई नसमेटिएको उनले गुनासो गरेकाछन् ।

उनले प्रचलित कानुन साथै राष्ट्रिय, अन्तराष्ट्रिय मूल्य मान्यताहरुलाई कार्यान्वयन र अक्षरस पालना गर्दै अपाङ्गता भएका व्यक्तिहरुको सवालहरुलाई बिकासको मुलप्रवाहमा उच्च प्राथमिकताको साथ समेटिनु पर्ने समेत बताए । 

कार्यक्रममा सहभागि अन्य व्यक्तिहरुले अपाङ्गता भएका ब्यक्तिहरुले सपाङ्गहरुलाई नै चुनौति दिएको थुप्रै उदाहरण भएको बताए । उनिहरुले अपाङ्गता भएका व्यक्तिहरुलाई क्षमता अनुसारको व्यावसायिक काममा उन्मुख गराउन राज्यको मुख्य दायित्व रहेको बताए ।  

अपाङ्ग बिकास संघ गाईघाटको आयोजनामा भएको उक्त कार्यक्रममा जिल्ला समन्वय समिति उदयपुरको उप–प्रमुख गंगा राई, गैरसकारी संस्थाका उदयपुरको उपाध्यक्ष सुमन परियार, नेपाल पत्रकार महासंघ उदयपुरको सह–सचिब गजेन्द्र राई लगायत बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुले अपाङ्गता सम्बन्धी सवालहरु उपर एक्यवद्धता जनाएकाछन् ।        


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य