२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङका मुक्त कमलरी बालिकालाई परिचयपत्र दिईने

२०७४, १५ कार्तिक बुधबार ०४:२४

कात्तिक १५, दाङ । मुक्त कमलरी परिचयपत्र वितरण जिल्ला समितिको घोराहीमा मंगलबार बसेको बैठकले मन्त्रालयबाट प्राप्त ८२ जना मुक्त कमलरी बालिकाको नामलाई अनुमोदन गरेको छ । 

जिल्ला भूमिसुधार कार्यालयका निमित्त प्रमुख मानबहादुर कँुवरको अध्यक्षतामा बसेको बैठकले दोस्रो चरणमा विभिन्न गाउँपालिकाका ८२ जना मुक्त कमलरी बालिकालाई परिचयपत्र दिने निर्णय गरेको हो । 

यसअघि स्थानीय तहहरुबाट भूमिसुधार कार्यालयमार्फत मन्त्रालयमा पठाइएका नामलाई अनुमोदनका लागि फेरि जिल्लामा पठाएपछि बैठकले प्रमाणीकरण गरेको हो । भूमिसुधार कार्यालयले केही दिनमा ती मुक्त कमलरीलाई परिचयपत्र वितरण गर्ने लेखा अधिकृत नारायणप्रसाद पोख्रेलले जानकारी दिनुभयो । 

कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले सरकारले मुक्त कमलरीलाई परिचयपत्र दिएर न्याय गरेको बताउनुभयो । वास्तविक मुक्त कमलरीले परिचयपत्र पाउनुपर्ने भन्दै उहाँले परिचयपत्र प्राप्त गर्नका लागि आवश्यक सिफारिसमा निःशुल्क सेवा प्रदान गरिएको जानकारीसमेत दिनुभयो । 

यसअघि दाङमा १० जना मुक्त कमलरीले परिचयपत्र पाएका छन् । भूमिसुधार मन्त्रालयमा दाङका दुई हजार ९४५ जना मुक्त कमलरीको नामावली रहेको छ भने मुक्त कमलरी विकास मञ्चको तथ्यांकमा चार हजार ६७७ जनाको नाम रहेको र छुटेकाको छिट्टै पठाइने पूर्व कमलरी उर्मिला चौधरीले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै