२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आठ महिनामा पैँसठ्ठी कैदीबन्दीको मृत्यु

२०७४, १५ कार्तिक बुधबार ०४:२६

कात्तिक १५, काठमाडौँ । नेपालमा आठ महिनामा ६५ कैदीबन्दीको मृत्यु भएको छ । 

कारागार व्यवस्थापन विभागले दिएको जानकारीअनुसार विसं २०७३ फागुनदेखि हालसम्म ६५ जनाको मृत्यु भएको हो । विभागले २०७३ फागुन २६ गतेदेखि मात्र मृत्यु भएका कैदीबन्दीको विवरण राख्न शुरु गरेको हो । 

केन्द्रीय कारागार, जगन्नाथ देवलमा १३, सुनसरीको झुम्का कारागारमा नौ, जिल्ला कारागार चितवनमा आठ, मोरङ कारागारमा सात, बर्दियामा दुई, नख्खु दुई, इलाम दुई, महोत्तरी दुई, संखुवासभा दुई, झापा दुई, म्याग्दी एक, डिल्लीबजार एक, गोरखा एक, पर्सा एक र प्यूठानमा एकजनाको मृत्यु भएको छ । 

विभागका महानिर्देशक कृष्णचन्द्र घिमिरेले अधिकांश कैदीबन्दीको बिरामी भएपछि उपचारका लागि अस्पतालमा भर्ना गरेर उपचार गर्दागर्दै निधन भएको जानकारी दिनुभयो । 

“कैदीबन्दीलाई सामान्य रोग लागे उपचार कारागारभित्रै गर्छौं, जटिल समस्या देखा परे सम्बन्धित जिल्लाका अस्पताल वा काठमाडौँका ठूला अस्पतालमा पठाउँछौँ, अधिकांशको उपचारका क्रममा निधन भएको हो,”– महानिर्देशक घिमिरेले भन्नुभयो । 

मृत्यु भएका ६५ जनामध्ये एक जनामात्र बन्दीगृहभित्र मृत्यु भएको विभागले जनाएको छ । हाल नेपालका ७२ जिल्लाका ७४ कारागारमा १८ हजार संख्यामा कैदीबन्दी रहेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने