२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कमलादीबाट पक्राउ परेका व्यक्ति भारतीय प्रहरी भएको खुलासा

२०७४, १६ कार्तिक बिहीबार १०:५६

कात्तिक १६, काठमाडौं । काठमाडौंको कमलादीबाट पक्राउ परेकामध्ये एकजनाको साथबाट पञ्जाब प्रहरीको परिचय पत्र बरामद भएपछि घटना थप रहस्यमयी बन्दै गएको छ । 

पञ्जाव राज्यका प्रहरी जसवीर सिंह नाम गरेका युवालाई बुधबार प्रहरीले पक्राउ गरेको थियो । उनको साथमा पञ्जाव प्रहरीको परिचय पत्र भएको प्रहरीले खुलासा गरेको हो ।

गोली प्रहारपछि पक्राउ परेका दुई भारतीय नागरिकलाई प्रहरीको विशेष ब्यूरोमा राखेर अनुसन्धान अगाडि बढाइएको छ । कमलादीस्थित हेरिटेज प्लाजाको भुईंतलाको ‘खाल्डो’ डान्स बारमा सधैंझैँ बुधबार साँझ पनि डिजे मोहन सुनार आफ्नो सुरमा गीत बजाइरहेका थिए ।


कोही नाचिरहेका थिए भने कोही छरिएर रहेका टेबलमा युवतीसँग रमाउँदै थिए । त्यतिखेरै एउटा टेबलमा भने दुई जना ‘गेस्ट’ र डान्सबारका कर्मचारीबीच केही समयदेखि विवाद भइरहेको देखिन्थ्यो ।

भारतीय मूलका अन्दाजी ३५ र ४० वर्षका ती दुई ‘गेस्ट’ लाई युवतीले घेरेर राखेका थिए । त्यहाँ एक्कासि घम्साघम्सीको स्थिति देखियो । दुवै जना उठेर हिँड्न खोजे तर डान्स बारका कर्मचारीले उनीहरूलाई घेरेर राखे । एकैछिनपछि दुएकैछिनपछि दुईमध्येका एक ‘गेस्ट’ले पेस्तोल निकालेर फायर गरे । सबैको भागाभाग भएको थियो ।

पक्राउ परेका दुवै भारतीय मंगलबार साँझ सुनौली नाका हुँदै काठमाडौं आइपुगेका थिए । उनीहरू पन्जाबको नम्बर प्लेट भएको पीबी १० एफएस ७४४९ नम्बर भीएक्सआई मोडलको स्विफ्ट गाडीमा काठमाडौं आएका हुन् । काठमाडौं आएर उनीहरू हिमालय दर्शन होटलमा बसेका थिए । प्रहरीले उनीहरूले भारतबाट ल्याएको स्विफ्ट गाडी पनि नियन्त्रणमा लिएको छ ।

साथै उनीहरू बसेको कोठामा पनि खानतलासी लिइएको छ । ‘ठूलो मात्रामा उनीहरूका लत्ताकपडा कोठामा भेटिए । दुई जना मान्छेको १५-२० जोर कपडा भेटिनु सामान्य कुरा होइन’, अनुसन्धानमा खटिएका प्रहरी भन्छन् । राजधानीमा पछिल्लो एक महिनाभित्र भएको यो तेस्रो गोलीकाण्ड हो ।  यसले गर्दा थप रहस्यमय देखिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने