१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कमलादीबाट पक्राउ परेका व्यक्ति भारतीय प्रहरी भएको खुलासा

१६ कार्तिक २०७४, बिहीबार १०:५६

कात्तिक १६, काठमाडौं । काठमाडौंको कमलादीबाट पक्राउ परेकामध्ये एकजनाको साथबाट पञ्जाब प्रहरीको परिचय पत्र बरामद भएपछि घटना थप रहस्यमयी बन्दै गएको छ । 

पञ्जाव राज्यका प्रहरी जसवीर सिंह नाम गरेका युवालाई बुधबार प्रहरीले पक्राउ गरेको थियो । उनको साथमा पञ्जाव प्रहरीको परिचय पत्र भएको प्रहरीले खुलासा गरेको हो ।

गोली प्रहारपछि पक्राउ परेका दुई भारतीय नागरिकलाई प्रहरीको विशेष ब्यूरोमा राखेर अनुसन्धान अगाडि बढाइएको छ । कमलादीस्थित हेरिटेज प्लाजाको भुईंतलाको ‘खाल्डो’ डान्स बारमा सधैंझैँ बुधबार साँझ पनि डिजे मोहन सुनार आफ्नो सुरमा गीत बजाइरहेका थिए ।


कोही नाचिरहेका थिए भने कोही छरिएर रहेका टेबलमा युवतीसँग रमाउँदै थिए । त्यतिखेरै एउटा टेबलमा भने दुई जना ‘गेस्ट’ र डान्सबारका कर्मचारीबीच केही समयदेखि विवाद भइरहेको देखिन्थ्यो ।

भारतीय मूलका अन्दाजी ३५ र ४० वर्षका ती दुई ‘गेस्ट’ लाई युवतीले घेरेर राखेका थिए । त्यहाँ एक्कासि घम्साघम्सीको स्थिति देखियो । दुवै जना उठेर हिँड्न खोजे तर डान्स बारका कर्मचारीले उनीहरूलाई घेरेर राखे । एकैछिनपछि दुएकैछिनपछि दुईमध्येका एक ‘गेस्ट’ले पेस्तोल निकालेर फायर गरे । सबैको भागाभाग भएको थियो ।

पक्राउ परेका दुवै भारतीय मंगलबार साँझ सुनौली नाका हुँदै काठमाडौं आइपुगेका थिए । उनीहरू पन्जाबको नम्बर प्लेट भएको पीबी १० एफएस ७४४९ नम्बर भीएक्सआई मोडलको स्विफ्ट गाडीमा काठमाडौं आएका हुन् । काठमाडौं आएर उनीहरू हिमालय दर्शन होटलमा बसेका थिए । प्रहरीले उनीहरूले भारतबाट ल्याएको स्विफ्ट गाडी पनि नियन्त्रणमा लिएको छ ।

साथै उनीहरू बसेको कोठामा पनि खानतलासी लिइएको छ । ‘ठूलो मात्रामा उनीहरूका लत्ताकपडा कोठामा भेटिए । दुई जना मान्छेको १५-२० जोर कपडा भेटिनु सामान्य कुरा होइन’, अनुसन्धानमा खटिएका प्रहरी भन्छन् । राजधानीमा पछिल्लो एक महिनाभित्र भएको यो तेस्रो गोलीकाण्ड हो ।  यसले गर्दा थप रहस्यमय देखिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट