नवलपरासीको ठाडी घाट मेला आजबाट सुरु

Posted on: 04 Nov, 2017

श्याम थापा/कात्तिक १८, नवलपरासी । नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका वार्ड न. ५ पक्लिहवा स्थित ठाडीघाट नारायणी नदिको तिरमा बर्सेनि कार्तिक पुर्णिामाको अवसरमा लाग्ने २ दिने ठाडीघाट मेलाको आजबाट सुरु भएको छ ।

मेलामा नेपाल र भारतको बिहार र उत्तर प्रदेश राज्य गरि करिब १ लाख दर्शानालु हरुको आउने मेला व्यवस्थापन समितिले बताएका छन । दर्शानालुहरुको भिडभाडलाई र सुरक्षा को अन्भुत गराउनको लागि मेलामा नेपाली प्रहरी ५० जना,सशस्त्र प्रहरी ३० र स्थानीय स्वयंसेवक ५० गरि १३० जनालाई परिचालन गरिएको  श्री ठाडी घाट मेला व्यवस्थापन समितिका अध्यक्ष एवम् सुस्ता गाउँपालिका वार्ड न. ५ का वडा  अध्यक्ष प्रभुनाथ अहिरले बताउनु भएको छ ।

 

मेलामा करिब ५ सय स्टल पसलहरु रहेको र मेलामा आउने दर्शानालुहरुलाई मनोरञ्जनका लागि सास्कृतिक कार्यक्रम नाच र बिराट दङ्गल कुस्ती पनि रखिएको मेला व्यवस्थापन समितिले जनाएको छ ।

मेलाको लागि सुस्ता गाउँपालिका वार्ड न. ५ का वार्ड अध्यक्ष प्रभुनाथ अहिरको अध्यक्षयतामा ३१ सदस्यीय मुल समिति गठन गरिएको छ । त्यसैगरि मेलालाई अझ व्यवस्थित बनाउनको लागि चन्दा संकलन उपसमिति,जग्गा बितरण उपसमिति,मेस उपसमिति,दङगल कुस्ती उपसमिति र प्रचार प्रसार उपसमिति गरि विभिन्न उपसमिति हरु गठन गरिएको छ । 

साथै मेलामा हुने बिराट दङगल कुस्ती खेलमा प्रथम हुने पहलवानले १ थान चादीको मुद्दर र नगद,दोस्रो हुने पहलवानलाई १ थान २१ इन्चको कलर टिभी र नगद त्यसैगरि तृतीय हुने पहलवानलाई  १ थान साईकल र नगद पुरस्कारहरु राखिएको दङगल कुस्ती उपसमितिका संयोजक स्यानो गोरे गुरुङ्गले बताउनु भएको छ । 


सो मेलाको उद्वघाटन नवलपरासी जिल्लाको क्षेत्र न.६ का पुर्व माननीय सांसद एवम् नवलपरासी जिल्ला बर्दघाट पश्चिम निर्वाचन क्षेत्र न.१ का प्रतिनिधि सभाका उम्मेदवार देवकरण प्रसाद कलवार सन्तुले गर्नु भएको छ । भने बिराट कुस्ती दङ्गल कुस्तीमा प्रथम पुरस्कारमा गोरखपुर भारतको ओमप्रकाश पहलवान र गाजीपुर भारतको शैलेस पहलवान बिच भएको खेलमा दुबै पहलवान बराबरी भएका छन  । 

त्यसतै दोस्रो पुरस्कारमा देवतहा भारत को मन्जेश पहलवान र बिहारका प्रमोद यादव बिच भएको खेलमा देवताहा भारतका मन्जेश पहलवान बिजयी भएको छ र तृतीय पुरस्कारका तुफानि पहलवानले हात पारेका छन । 

साथै यस मेलामा आउने दर्शानालुहरुले कार्तिक पुर्णिामाको दिन नारायणी नदिमा स्नान गर्दा आफ्नो शरिरमा भएको रोग र दुखहरु पखालिएर जाने बिश्वास पनि रहेको पाईन्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!