३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

एसएलसी परीक्षामा ठुलो संख्यामा विद्यार्थी अनुपस्थित

२० चैत्र २०७२, शनिबार ०६:४९

प्रकाश धौलाकोटी/चैत २०, तेह्रथुम । यसवर्षको एसएलसी परीक्षामा तेह्रथुमका ८० बढी विद्यार्थी अनुपस्थित भएका छन् । परीक्षामा सामेल हुन आवेदन दिई परीक्षा दस्तुर समेत बुझाईसकेका विद्यार्थी नै ठुलो संख्यामा अनुपस्थित भएका हुन् ।

परीक्षाको पहिलो दिन अंग्रेजी विषयको परीक्षामा ८२ र दोस्रो दिन अनिवार्य नेपाली विषयको परीक्षामा ८० जना विद्यार्थी अनुपस्थित भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । नियमित र एक्जाम्टेड गरी यत्तिको संख्यामा विद्यार्थी परीक्षामा अनुपस्थित भएको जिल्ला शिक्षा अधिकारी खडानन्द पराजुलीले बताए ।

एसएलसी दिनका लागी फारम भरेका यति धेरै बिद्यार्थीहरु परिक्षामा सहभागी नहुनु आश्चार्य भएको भन्दै यसको कारण पत्ता लगाउनु जरुरी देखिएको जिशिअ पराजुलीले बताए । विद्यार्थीहरु परीक्षाको आवेदन दिएर बैदेशिक रोजगारीमा गएका कारण यत्तिका धेरै बिद्यार्थी अनुपस्थीत भएको हुनसक्ने उनले जानकारी दिए ।

यसवर्षको एसएलसी परिक्षामा तेह्रथुमबाट कुल ३ हजार १ सय ५८ जना बिद्यार्थी परीक्षामा सहभागी हुने भनिएपनि रेगुलर तर्फ १ हजार ९ सय ४२ र एक्जामटेड तर्फ १ हजार १ सय ३४ जना मात्र बिद्यार्थीं सहभागी भएका छन् ।

जिल्लामा यस बर्ष १५ वटा परिक्षा केन्द्रमा सामुदायीक तर्फ ४६ वटा सस्थागत तर्फ ६ वटा, प्राबिधीक धार र खुल्ला तर्फ एक एक वटा बिद्यालयहरुको सहभागी हुने परिक्षा शाखा अधिकृत लिला पोख्रेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ