कात्तिक २०, भैरहवा । भैरहवाको गौतमबुद्ध विमानस्थलमा नेपाल एयरलाइन्सको ९ एन एकेएस जहाज ल्याण्ड गर्ने क्रममा दुर्घटना भएको छ ।
जहाज ल्याण्ड गर्ने क्रममा पछाडिको बाँया पट्टीको टायर पंचर भएको विमानस्थलका प्रमुख सिसेल चित्रकारले जानकारी दिए । उनका अनुसार जहाजमा दुई जना पाइलट मात्र थिए । उनीहरु दुवै जना सकुशल छन् ।
जहाज रनवे देखि एक मिटर छेउमा गएको छ । अहिले धावनमार्गमा रोकिएको जहाज हटाउने क्रममा रहेकाले विमानस्थल बन्द गरिएको प्रहरीले बताएको छ ।