२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुल्मीमा छुट्टाछुट्टै घट्नामा परी २ जनाको मृत्यु

२० कार्तिक २०७४, सोमबार १३:११

प्रेम सुनार/कात्तिक २०, गुल्मी । सोमबार मुसिकोट १ जुकेपानी भन्ने स्थानमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

दिउसो करिब १२ बजेको समयमा लु ३ त ८५४३ नम्बरको राम बहादुर बोहोराको ट्रयाक्टर दुर्घटना हुँदा घाइते भएका दाङको ललमटीया बस्ने २५ बर्षीय ऋषीराम चौधरीको उपचार गर्न पाल्पा लैजादै गर्दा मृत्यु भएको हो । 

लोड बोकर पौदीअमराइ तर्फ जाँदै गरेको सो ट्रयाक्टर जमिन भासिएको कारण करिब २० मिटर तल पल्टिदा सो घट्ना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका समाचार शाखाका प्रहरी जवान ढुन्डीराज खरालले जानकारी दिए । सो ट्रयाक्टरमा दुइ जना सवार रहेका थिए भने चालक मात्र घाइते भएका थिए । पछि उनको उपचारको लागि पाल्पा लैजाने क्रममा मृत्यु भएको हो ।

आज मात्रै मुसिकोट नगरपालिका वडा नम्बर ५ मा डोजरले चलाएका ढुँगाले लागेर एक ब्यक्तिको मृत्यु भएको छ । सो वडा बस्ने ४५ बर्षीय मुमिश्वर अर्यालको मृत्यु भएको वडाध्यक्ष भागीरथ खरेलले जानकारी दिए । 

बिहान १० बजेको समयमा बिद्यालयमा पानी ल्याउनको लागि पानी जोड्न इन्द्रगौडा बजार भन्दा माथीपट्टी खोल्सामा रहेको मुहानमा पुगेका बेलामा उनलाइ माथीबाट आएको ढुँगाले लागेको थियो । 

उनका अनुसार मृतक अर्यालले राम्रो सँग कान पनि सुन्न नसक्ने तथ बोल्न नसक्ने थिए । उनी नेपाल राष्ट्रिय सर्बाेदय माबिमा कार्यालय सहयोगीको रुपमा काम गर्दै आएका थिए । उनका २ भाइ छोरा, एक छोरी, आमा र श्रीमती रहेका छन ।

सिद्धेश्वर गुफामा मोटरबाटो पुर्याउने लक्ष्यका साथ प्रयोग गरीएको डोजरले पल्टाएको ढुँगाले लाग्दा उनको मृत्यु भएको वडाध्यक्ष खरेलले जानकारी दिए । उनलाइ मुसिकोट नगरपालिकाले राहात प्रदान गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…