२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

विवाहको सात दिन नपुग्दै बेपत्ता वेहुला झुण्डीएको अवस्थामा फेला

२० कार्तिक २०७४, सोमबार १६:१९

प्रेम सुनार/कात्तिक २०, गुल्मी । अर्घाखाँचीमा शिक्षक वेपत्ता भएको एक महिना हुँदै गर्दा त्यहाँका् प्रहरीले एक जना ब्यक्ती झुण्डिएको अवस्थामा फेला परेको छ भनेर सुचना प्रवाह गरेपछि घटना थप रहस्यमय बनेको छ । 

प्रहरीले दिएको सुचनाको आधारमा शव चिन्नै नसक्ने अवस्थामा रहेको छ । असो्ज १६ गते मागी विवाह गरी असोज २२ गते आइतबार दिउसो १२:३० बजे देखि सन्धिखर्कबाट बेपत्ता भएका पाणिनी गाउँ पालिका वार्ड नं  ५ साविक मैदान ५ धारापानीका हरिप्रसाद भट्टराईको शव हुन सक्ने प्रहरीले अनुमान गरेको छ । 

साथमा एक मोबाईल फेला परेको छ । मोबाईलको नम्बर ९८४७३०६९४५ रहेको छ । झुन्डिएको ठाउँमा राष्ट्रिय बाणिज्य बैकमा जम्मा गरेका स्लिप र जुत्ता( कपडा समेत फेला परेका छन् । घटनाको अनुसन्धानका लागि प्रहरीको एक टोली घटनास्थलतर्फ गएको थियो ।  

मृतकका आफन्त अझै आईपुगेका छैनन् । आफन्त आएपछि मात्र मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल सन्धिखर्कमा लगिने प्रहरीले बताएको छ । आफन्त नआएसम्म प्रहरीले जंगलमा नै शव कुरेर बस्ने छ ।  

जिल्ला प्रहरी कार्यालयका प्रवत्ता प्रदिपकुमार बिसीका अनुसार उक्त शव परिवारले दिएका हुलियाका आधारमा उनैक हुन सक्छ । उनले भने त्यस आधारमा परिवारका सदस्यलाई वोलाईएको छ भोली सम्म थाह हुन्छ । हामी संग  परिवारका सवै सदस्यको मोवाईल नम्वर रहेको छ । सवै संग सम्पर्क राख्दा सवैको फोन सम्पर्क विहिन छ । 


स्थानियबासीले दाउरा-घास काट्न जंगलमा गएको बेला झुन्डिएको अबस्थामा शब देखेपछि प्रहरीलाई खबर गरेका थिए । यसअघि प्रहरी सेनाले उक्त जंगल क्षेत्रमा खोज तलास गरेपनि फेला परेका थिएनन् । 

३० बर्षीय हरि भट्टराई निमाबि स्थायी शिक्षकको रुपमा नवलपरासी जिल्लामा कार्यरत रहेका थिए । उनी पुर्ब धातिबाङ माबिका शिक्षक पनि थिए । साथै हरिले केही समय अगाडि पाणिनी गाउँपालिका वार्ड नम्बर ४ का नारायण घिमिरेकी छोरी बिष्णु घिमिरेसंग बिबाह गरेका थिए ।

बेपत्ता भएको दिन बिबाहको व्यवहार मिलाउन राष्ट्रिय बाणिज्य बैक सन्धिखर्कमा आई एटिएमबाट ५० हजार निकाली उनले आफुसंगै आएका साथी लक्ष्मण सुनारलाई उक्त रकम हस्तान्तरण गरि एशियन लाइफ इन्स्योरेन्समा गएर किस्ता भुक्तानी समेत गरेका थिए । नव दुलही दुलहा वेपत्ता भए देखि नै वेला वेलामा अचेत हुँदै आएकी छन् । 

यस घटनालाई रहस्यमय रुपमा लिईएको छ । नव दुलही गत स्थानिय तहको निर्वाचनमा म्यादी प्रहरीमा भर्ना भएर पणेनी गाउँपालिकामा त्यस टिमको कमाण्डर तोकेर प्रहरीले पठाएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी