२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुवाट दुई किशोरीको उद्धार, एकजना पक्राउ

२०७४, २१ कार्तिक मंगलवार ०७:१४

माधव बेल्वासे/कात्तिक २१, कपिलवस्तु  । कपिलवस्तुको कृष्णनगरवाट दुई किशोरिको उद्धार गरिएको छ । 

मानब बेचबिखन तथा लैगिक हिंसा बिरुद्ध क्रियाशिल संस्था केआई नेपाल र नेपाल प्रहरि कृष्णनगरको संयुक्त टोलिले मानब बेचबिखन तथा ओसापसारको आरोपमा एक जना बिचौलिया नियन्त्रणमा लिएको छ । 

बिचौलियालाई मानब बेचबिखन तथा ओसार पसारको अन्तरगत इलाका प्रहरि कार्यलय कृष्णनगरमा  मुद्धा दर्ता  गरिएको छ ।

 बिचौलिय राजापुर १ बर्दिया बस्ने बर्ष ३५ को कृष्ण प्रसाद रेग्मी रहेका छन । कृष्ण प्रसाद रेग्मी र एक फरार बिचौलियाको ले दैलेख घर भएका गोमा बि.क र निर्मला बि.क (नाम परिबर्तन) लाई कुबेत लाने र कुबेतमा ठूलो रकम कमाउन सकिने भनि बिभिन्न प्रलोभनमा पारि भारत हुदै कुबेत लैजाने बहानामा सिमा पार गराउन खोजेका थिए ।

मोटो रकम हुने प्रलोभन देखाउनु,सिमा पार गर्दा बिभिन्न कुरा ढाट्न लगाउनु,कसैले सोधेमा आंखा हस्पिटल जान लागेको भन्न लगाउनु सोधपुछ र परामर्शपश्चात खुल्न आएको केआई नेपालका परामर्शदाताहरुले जानकारी दिए ।

संस्थाले चेलहिरुलाई उद्धार गरेपछि चेलीहरुलाई साथमा लिएर आउने कृष्ण प्रसाद रेग्मीलाई केहि समयमा नै नियन्त्रणमा लिएको इलाका प्रहरि कार्यलय कृष्णनगरका प्रहरी निरिक्षक सुभास गैरेले जानकारि दिनु भयो । गैरेका अनुसार एक फरार बिचौलीयाको खोजी भईरहेको बताउनु भयो ।

उद्धार गरिएका दैलेखका चेलीहरुलाई केआई नेपाल शाखा कार्यलय कृष्णगर र नेपाल प्रहरिको संयुक्त रोहबरमा अभिभाबकको जिम्मा लगाई सकेको केआई नेपाल कपिलबस्तुका जिल्ला संयाजक केसर बिशकर्माले जानकारि दिनुभयो । 

पछिल्लो समयमा मानव वेचविखनका घटनाहरु वढ्दै गएका छन केहि दिन पहिला के आई नेपालले धनकुटा १, अर्घखाचि ३,रुपन्देहि १,दाङ्ग २, कपिलबस्तु १ र सिन्धुलीको १ गरि ९ चेलीको उद्धार गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते