कात्तिक २१, नवलपरासी | नवलपरासीमा दैनिकजसो बिभिन्न दुर्घटनाको घटना भईरहेका हुन्छन् । गत आर्थिक बर्ष ०७३/७४ मा सवारी दुर्घटनाबाट नवलपरासीमा मात्र १३५ जनाले "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक २१, नवलपरासी | नवलपरासीमा दैनिकजसो बिभिन्न दुर्घटनाको घटना भईरहेका हुन्छन् । गत आर्थिक बर्ष ०७३/७४ मा सवारी दुर्घटनाबाट नवलपरासीमा मात्र १३५ जनाले "/>

१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा दैनिकजसो दुर्घटना हुन्छ, यस्तो छ कारण

२१ कार्तिक २०७४, मंगलवार १२:३९


कात्तिक २१, नवलपरासी | नवलपरासीमा दैनिकजसो बिभिन्न दुर्घटनाको घटना भईरहेका हुन्छन् । गत आर्थिक बर्ष ०७३/७४ मा सवारी दुर्घटनाबाट नवलपरासीमा मात्र १३५ जनाले ज्यान गुमाएका थिए । 

प्रहरीको अनुसार गत आर्थिक वर्षमा मात्र नवलपरासीमा १८६ सवारी दुर्घटना भएका थिए । दुर्घटनामा १४६ गम्भीर घाइते भएको प्रहरी कार्यालले जनाएको छ । जसमध्ये सबैभन्दा बढी मोटरसाइकल दुर्घटनामा परेका थिए । १ सय ८६ दुर्घटनामध्ये १२३ मोटरसाइकल दुर्घटनामा परेका थिए ।

नवलपरासी क्षेत्रमा राजमार्गको धेरै दूरी पर्ने भएका कारण बढी दुर्घटना हुने गरेको छ । गैंडाकोटदेखि सुनवलसम्म पूर्व–पश्चिम राजमार्गको ९९ किलोमिटरको दूरी नवलपरासीमै पर्छ । लामो दूरीका भएका कारण पनि नवलपरासीमा धेरै सवारी दुर्घटना हुन्छ ।

नवलपरासीमा पनि दाउन्ने क्षेत्रमा बढी दुर्घटना हुने ट्राफिक प्रहरीको जानकारीमा छ । जिल्लाको दाउन्ने डाँडाको १४ किलोमिटर क्षेत्र र आसपासका मोडमा बढी दुर्घटना हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । दाउन्नेमा धेरैजसो ट्रक दुर्घटना हुने गरेका छन् । ट्रक उकालो चढ्न खधोज्ने तर लोडका कारण ब्रेक फेल भई धेरै दुर्घटना हुने गरेको छ ।

नवलपरासीमा मोटरसाइकल धेरै दुर्घटना हुने गरेका छन् । प्राय घटनाहरु ओभर स्पिडले हुने गरेको छ । बसले पनि घुम्तीमा ओभरटेक गर्न खोज्दा दुर्घटना हुने गरेको छ । दुर्घटनाग्रस्त क्षेत्र भनेर स्पष्ट बोर्ड हुँदासमेत चालकले आफुलाई नियन्त्रण नगरी सवारी हाक्ने गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट