कात्तिक २१, नवलपरासी | नवलपरासीमा दैनिकजसो बिभिन्न दुर्घटनाको घटना भईरहेका हुन्छन् । गत आर्थिक बर्ष ०७३/७४ मा सवारी दुर्घटनाबाट नवलपरासीमा मात्र १३५ जनाले "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक २१, नवलपरासी | नवलपरासीमा दैनिकजसो बिभिन्न दुर्घटनाको घटना भईरहेका हुन्छन् । गत आर्थिक बर्ष ०७३/७४ मा सवारी दुर्घटनाबाट नवलपरासीमा मात्र १३५ जनाले "/>

२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा दैनिकजसो दुर्घटना हुन्छ, यस्तो छ कारण

२०७४, २१ कार्तिक मंगलवार १२:३९


कात्तिक २१, नवलपरासी | नवलपरासीमा दैनिकजसो बिभिन्न दुर्घटनाको घटना भईरहेका हुन्छन् । गत आर्थिक बर्ष ०७३/७४ मा सवारी दुर्घटनाबाट नवलपरासीमा मात्र १३५ जनाले ज्यान गुमाएका थिए । 

प्रहरीको अनुसार गत आर्थिक वर्षमा मात्र नवलपरासीमा १८६ सवारी दुर्घटना भएका थिए । दुर्घटनामा १४६ गम्भीर घाइते भएको प्रहरी कार्यालले जनाएको छ । जसमध्ये सबैभन्दा बढी मोटरसाइकल दुर्घटनामा परेका थिए । १ सय ८६ दुर्घटनामध्ये १२३ मोटरसाइकल दुर्घटनामा परेका थिए ।

नवलपरासी क्षेत्रमा राजमार्गको धेरै दूरी पर्ने भएका कारण बढी दुर्घटना हुने गरेको छ । गैंडाकोटदेखि सुनवलसम्म पूर्व–पश्चिम राजमार्गको ९९ किलोमिटरको दूरी नवलपरासीमै पर्छ । लामो दूरीका भएका कारण पनि नवलपरासीमा धेरै सवारी दुर्घटना हुन्छ ।

नवलपरासीमा पनि दाउन्ने क्षेत्रमा बढी दुर्घटना हुने ट्राफिक प्रहरीको जानकारीमा छ । जिल्लाको दाउन्ने डाँडाको १४ किलोमिटर क्षेत्र र आसपासका मोडमा बढी दुर्घटना हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । दाउन्नेमा धेरैजसो ट्रक दुर्घटना हुने गरेका छन् । ट्रक उकालो चढ्न खधोज्ने तर लोडका कारण ब्रेक फेल भई धेरै दुर्घटना हुने गरेको छ ।

नवलपरासीमा मोटरसाइकल धेरै दुर्घटना हुने गरेका छन् । प्राय घटनाहरु ओभर स्पिडले हुने गरेको छ । बसले पनि घुम्तीमा ओभरटेक गर्न खोज्दा दुर्घटना हुने गरेको छ । दुर्घटनाग्रस्त क्षेत्र भनेर स्पष्ट बोर्ड हुँदासमेत चालकले आफुलाई नियन्त्रण नगरी सवारी हाक्ने गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा