२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्याक्सीभित्र हत्या गरेको अवस्थामा शव फेला

२०७४, २२ कार्तिक बुधबार ०९:१७

कात्तिक २२, भक्तपुर  । मध्यपुर थिमि–२, सानोथिमिस्थित मनोहरा फाँट नजिकै ट्याक्सीभित्र एक व्यक्तिको हत्या गरेको अवस्थामा शव फेला परेको छ । 

दिव्यश्वरी जग्गा एकीकरण आयोजना क्षेत्रभित्र बा१ज १०४० नंको ट्याक्सीभित्र सर्लाही घुर्कौली घर भई हाल ललितपुरको कुसुन्ती बस्ने ४९ वर्षीय यज्ञबहादुर खड्काको शव हत्या गरेको अवस्थामा फेला परेको हो । 

मनोहरा फाँटमा रोकीराखेको सेतो रंगको ट्याक्सीको पछाडि सिटमा खड्काको शव फेला परेको हो । रातो हुकभित्र हरियो भेस्ट र खैरो पाइन्ट लगाएका खड्काको अनुहारमा चिन्न नसकिने गरी चोट लागेको छ । खड्काको अनुहारमा ढुंगाले हानेको जस्तो देखिएको प्रहरीको भनाइ छ । 

घटनाको जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक किरण राणाको नेतृत्वको टोली घटनास्थल पुगेर अनुसन्धान थालेको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिनुभयो । 

घटनाका सम्बन्धमा अपराध महाशाखाको टोलीले समेत अनुसन्धान थालेको छ । शवको मुचुल्का तयार गरी अहिले शवपरीक्षणका लागि त्रिवि शिक्षण अस्पताल पठाउने तयारी भइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते