१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा स्कुल बस पोखरीमा खस्यो, ४० जना घाइते (भिडियो अपडेट)

२४ कार्तिक २०७४, शुक्रबार १४:२७

नवलपरासी, २४ कात्तिक (रासस) | नवलपरासीको रामग्राम नगरपालिकास्थित सुक्रौलीमा आज एउटा स्कुल बस दुर्घटना हुँदा करिब ४० जना घाइते भएका छन् । 

चितवनबाट नवलपरासी हुँदै लुम्बिनी भ्रमणमा गइरहेको चितवन भरतपुर महानगरपालिका– ६ स्थित देवज्योति निम्न माविको ग १ ख ३१८९ नं को विद्यार्थी सवार बस भैरहवा भूमही सडक खण्ड अन्तर्गत नवलपरासीको सुक्रौलीमा दुर्घटना भएको थियो । 

उनीहरु लुम्बिनी पिकनिक खान गइरहेका थिए । बस सडक छेउमै सानो पोखरी जस्तो रहेको खाल्टोमा पल्टिएपछि सो दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएकामध्ये अधिकाँशको स्वास्थ्य अवस्था समान्य रहेकाले उनीहरुलाई जिल्ला पृथ्वीचन्द्र अस्पताल परासीमा सामान्य उपचारपछि घर पठाइएको छ । केही विद्यार्थीलाई थप उपचारका लागि चितवन पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । 

बसमा कुल ४९ जना सवार थिए । बसको आधाभन्दा बढी भाग पानीमा डुबेपछिभित्र सवार विद्यार्थी तथा शिक्षकलाई स्थानीय र प्रहरीको सहयोगले उद्धार गरिएको छ । दुर्घटनाका कारण यकिन हुनसकेको छैन । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट