२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोल्पामा आफ्नै बाबुले गरे छोरी र २ नातिनीको हत्या

२०७४, २५ कार्तिक शनिबार ०६:२०

कात्तिक २५, रोल्पा । रोल्पामा बाबुले आफ्नै छोरी र दुई नातिनीको बञ्चरो प्रहर गरि हत्या गरेका छन् ।

प्रहरीका अनुसार रोल्पा नगरपालिका—७ गोरबोट घापाका ४३ वर्षीय लिलबहादुर पुनले आफ्नै छोरीसहित दुई नातिनीको हत्या गरेका हुन् ।

उनले २५ वर्षीय छोरी पबावती केसी, दुई वर्ष तीन महिनाकी जेठी नातिनी दिया र सात महिनाकी कान्छी नातिनी निया केसीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव निरीक्षक सुदर्शन पन्थीले जानकारी दिए ।

छोरी पबावती बिरामी बाबुलाई भेट्न तीन दिनअघि मात्रै माइत आएकी थिइन । माइत आएकी छोरी र नातिनीहरुको हत्या भएपछि गाउँ पूरै शोकमा डुबेको छ ।

पत्नी तिर्था र छोरा प्रजित भने भागेर बाँच्न सफल भएका छन । पत्नी र छोराको समेत हत्या गर्न तम्सिएका थिए । ‘ आमाछोरा मुश्किलले भागेर बाँच्न सफल भयौं ।’, कहालिदै हत्या आरोपी लिलबहादुरका पत्नी तिर्था भन्छिन् । 

आफ्नै सामुन्नेमा छोरी र नातिनीको हत्या देखेकी आमा र छोरा विक्षिप्त बनेका छन् । परिवार र छिमेकीका अनुसार लिलबहादुरको वेलावेला मानसिक असन्तुलन हुने गरेको थियो । गत वर्ष बसबाट खसेर जेठो छोरा गोविन पुनको मृत्यु भएपछि बेलाबेला मानसिक असन्तुलन हुँदै आएको पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ