२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उम्मेदवारमाथि आक्रमण बढेपछि सुरक्षा व्यवस्था कडा

२८ कार्तिक २०७४, मंगलवार ०८:२०

कात्तिक २८, चितवन । रोल्पा, रुकुमलगायत जिल्लामा नेकपा (माओवादी केन्द्र)का उम्मेदवारमाथि आक्रमणको प्रयास भएपछि यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ । 

चितवन–३ मा प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डेलगायत उम्मेदवार हुनुहुन्छ । चितवन क्षेत्र नं २ बाट शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी तथा क्षेत्र नं १ बाट पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डे पनि उम्मेदवार हुनुहुन्छ । नेकपा(एमाले)का जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेल र नेपाली काँग्रेसका जिल्ला अध्यक्ष जीतनारायण श्रेष्ठ पनि उम्मेदवार हुनुहुन्छ । 

पूर्वमन्त्री, मन्त्री र पार्टीका अध्यक्ष नै उम्मेदवार भएपछि जिल्लाको सुरक्षा चुनौती बढेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले सामान्य अवस्थामा रहेको चितवनमा पछिल्ला दिनमा सुरक्षा चुनौती थपिएको बताउनुभयो । उहाँका अनुसार पूर्वप्रधानमन्त्री, बहालवाला मन्त्री, राज्यमन्त्री र पूर्वमन्त्रीले पाउने सुरक्षा व्यवस्थाका अतिरिक्त थप सुरक्षाकर्मी परिचालन गरिएको छ । 

जिल्लामा सुरक्षा चुनौती महसूस गरिएको छ भन्दै उहाँले पूर्वप्रधानमन्त्री दाहालको घरदैलो कार्यक्रमको समयपूर्व नै त्यस क्षेत्रको अध्ययन गरी सुरक्षा व्यवस्था मिलाउने गरिएको छ । भीडभाड बढी हुने र कुनै पनि किसिमको घुसपैठ हुन सक्ने भएकाले उच्च सतर्कता अपनाइएको उहाँले बताउनुभयो । चुनाव प्रचारप्रसार कार्यक्रम जुध्न नदिनका लागि पूर्वतयारी गरिएको पनि छ । 

प्रजिअ नारायणप्रसाद भट्टले जिल्लामा निर्वाचन विरोधी गतिविधि गर्दै आएको नेकपा, अन्तरपार्टी कलह, अस्वस्थ प्रतिस्पर्धा, पार्टीगत वैमनस्यता, गुण्डाको प्रयोगलगायत विषय चुनौतीका रुपमा देखापरेको बताउनुभयो । पूर्वपश्चिम राजमार्ग, नारायणगढ–मुग्लिन सडक, भारतीय सीमा क्षेत्र, चितवन राष्ट्रिय निकुञ्जलगायत वन क्षेत्रलाई पनि सुरक्षा चुनौतीका रुपमा लिइएको जनाइएको छ । 

पहिलो चरण निर्वाचन सकेर अन्य जिल्लाबाट मानिस आउन सक्ने भएकाले त्यसका विषयमा पनि जिल्ला सुरक्षा समिति चनाखो रहेको छ । कहीँ कतै पनि सुरक्षा कमजोरी हुन नदिन आवश्यक सबै तयारी गरिएको प्रजिअ भट्टले बताउनुभयो । 

जिल्लाका होटल तथा रेस्टुराँमा आउने व्यक्तिको निगरानी राखिएको छ । कुन होटलमा के कति मानिस बसेका छन्, उनीहरुको नियमित रेकर्ड राख्ने गरिएको छ । जिल्लालाई ६ क्षेत्रका रुपमा विभाजन गरेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोली र जिल्लाको प्रहरीको टोलीले सुष्म रुपमा अनुसन्धान गरिरहेको पनि उहाँले बताउनुभयो । 

भारतीय नं प्लेटका सवारीको निगरानी पनि गरिएको छ । सुरक्षा समितिले नेपाल प्रहरीको मोबाइल टोल, रिजर्भ र सिभिल टोली, सशस्त्र प्रहरीको मोबाइल र स्ट्राइकिङ टोली, नेपाली सेनाको टुकडी तथा बेस र राष्ट्रिय अनुसन्धानको इन्टिलेन्स समूह पनि परिचालन गरिएको प्रजिअ भट्टले जानकारी दिनुभयो । 

जिल्लामा नेपाल प्रहरीका मात्रै तीन हजार २९६ जना परिचालन हुनेछन् । म्यादी प्रहरी एक हजार ७१० छन् । जिल्लाका १६१ स्थलका ४०८ मतदान केन्द्रमा भित्री सुरक्षा नेपाल प्रहरी, बीच घेरा सशस्त्र प्रहरी र बाहिरी घेरा नेपाली सेनाको हुनेछन् । 

जिल्लामा १६१ मतदानस्थल कायम गरिएको छ । तीमध्ये ५२ मतदानस्थललाई अति संवेदनशील र १०९ मतदानस्थललाई संवदेनशीलको सूचीमा राखिएकाले उच्च सतर्कता अपनाइएको छ । 

जिल्लाका ४०८ मतदान केन्द्रको सुरक्षाका लागि तीन हजार २९६ नेपाल प्रहरी परिचालन हुनेछन् । एउटा मतदानस्थलमा कम्तीमा १२ देखि ४९ जनासम्म नेपाल प्रहरी र आवश्यकतानुसार म्यादी प्रहरी परिचालन गरिने योजना छ । त्यसमा प्रहरीकै मोबाइल टोली, सशस्त्रको टोली र नेपाली सेनाको संयुक्त टोलीसमेत परिचालन गरिने बताइएको छ । नारायण अधिकारी/रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य