२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुल्मीमा मलामी बोकेको जिप दुर्घटना, एकको मृत्यु दर्जनौ घाईते

३० कार्तिक २०७४, बिहीबार ०३:११

प्रेम सुनार | कार्तिक–३०, गुल्मी । गए राती गुल्मीको अर्खर्लेमा मलामी गएर फर्किर्दै गर्दा जिप दुर्घटना भएको छ ।  हिजो राती करिव साढे दश वजेको समयमा छल्दी पनाह घाटमा एक जना स्थानियको शव अन्त्यष्टि गरेर फर्किदै गरेको लु १ ज १५२१ नम्वरको जिप अर्खलेकै चौडिला भन्ने स्थानमा  दुर्घटना हुँदा कपिलवस्तु जिल्ला वाडगंङ्गा ८ निवासी ५५ वर्षिय रुद्रबहादुर ढेंगा मगरको मृत्यु भएको हो ।


अघिल्लो दिन अर्खले मै माथी भाडगाउँमा सडकमा चलेको डोजरले पल्टाएको ढुङ्गाले किचेर मृत्यु भएका रामबहादुर दर्लामीको शव अन्त्यष्टि गरेर फर्किर्दै गर्दा उक्त स्थानको सडकबाट करिव ५० मिटर तल जिप खसेर  दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवत्ता प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार जिल्ला अस्पतालबाट रिफर गरी थप  उपचारका  लागि पाल्पा लैजादै गर्दा  ढेगा मगरको  हिजै राती वाटैमा ज्यान गएको थियो । अघिल्लो दिन मृत्यु भएका दर्लामीको ढेगा मगर आफन्त थिए । जिपमा १५ जना सवार थिए । ५ जना शख्त घाईतेलाई पाल्पा पठाईएको छ ।

एक जना  रिफर भएका छन भने बाँकीको जिल्ला अस्पताल तम्घासमा उपचार भई रहेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन् । लगतार पहिलो र दोश्रो दिन आफन्त गुमाएका अर्खलेवासी आफन्त वियोगको चोटपर चोटमा परेर भावविह्ल बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…