१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देशैभर बदली हुनुको कारण यस्तो पो रहेछ !

३० कार्तिक २०७४, बिहीबार ११:३२

कात्तिक ३०, काठमाडौँ ।  पश्चिमी न्यून चापीय प्रणालीको असरले आज देशको अधिकांश भेगमा बदली भएको छ । 

पश्चिमी न्यून चापीय प्रणालीका साथै उत्तर पश्चिम बंगालको खाडीमा विकसित भएको बलियो खालको न्यून चापीय प्रणालीले नेपालमा पनि असर गरेको मौसमविद् सुवास रिमालले बताउनुभयो । मौसम बदलीसँगै आज काठमाडौँ उपत्यकामा चिसो महसुस गरिएको छ । 

मौसमी प्रणालीको बदलीले तापक्रममा केही कमी आउने हुँदा काठमाडौँ उपत्यकासहितका क्षेत्रमा चिसो बढ्ने अनुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ । “भारतको उत्तराखण्ड र जम्मु कास्मिरको हिमाली क्षेत्रमा हिमपात भएकाले सो क्षेत्रबाट बहेर आउने वायुका कारण तुलनात्मक रुपमा अबको तीन दिनसम्म चिसो बढ्ने देखिन्छ,” मौसमविद् रिमालले भन्नुभयो । 

उहाँका अनुसार न्यून चापीय प्रणालीको प्रभाव अझै एक/दुई दिन रहनेछ । बंगालको खाडीबाट आएको प्रणालीले देशका पूर्व र मध्य तथा पश्चिमी न्यून चापीय प्रणलीले पश्चिमी क्षेत्रमा बढी असर पारेको छ । यसको असर बुधबारदेखि असर देखिएको हो । 

मौसमी प्रणालीको प्रभावले पूर्व र मध्यका एक/दुई स्थान र पश्चिमी पहाडी क्षेत्रका केही भागमा छिटफुट वर्षाका साथै हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । 

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको तापमान न्यूनतम १० र अधिकतम तापक्रम २३ डिग्री सेल्सियस मापन भएको छ । सबैभन्दा कम जुम्लामा एक र सबैभन्दा बढी सिमरामा ३१ डिग्री सेल्सियस रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट