२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गौचनको हत्यामा संलग्न थप दुईजना पेस्तोलसहित पक्राउ

२०७४, १ मंसिर शुक्रबार १०:४३

मङ्सिर १, काठमाडौँ । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

घटनामा संलग्न वसन्त थेवे र धनराज योङहाङलाई आज कपनबाट प्रहरीले पक्राउ गरिएको घटनाको अनुसन्धान गर्न गठित छानबिन टोलीका प्रमुख रहेका प्रहरी नायब महानिरीक्षक गणेश केसीले जानकारी दिनुभयो । 

पक्राउ परेका साथबाट दुईवटा पेस्तोल र १० राउण्ड गोलीसमेत बरामद भएको उहाँले बताउनुभयो । यसअघि घटनामा संलग्न पाँच जनालाई गत मंगलबार पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको थियो । 

पक्राउ पर्नेमा नुवाकोट, पञ्चकन्या गाउँपालिका–५ का राजिव स्याङताङ, पर्सा, कालिकामाई गाउँपालिकाका शिवजी महतो, भारत बिहार बेतिया जिल्लाका मुकेशकुमार पाण्डे, पर्सा, ठोरी गाउँपालिकाका सन्तोष गुरुङ र काठमाडौँ नागार्जुन नगरपालिकाका प्रकाश बुढाथोकी रहेका छन् । 

घटनाका मुख्य योजनाकार समिरमानसिंह बस्नेत, मनोज पुन लगायत भने अझै फरार रहेका छन् । गत असोज २३ गते गौचनलाई बानेश्वर, प्रयागमार्गमा गोली प्रहारलगत्तै गौचनलाई तत्काल सिभिल अस्पताल पु¥याइए पनि चिकित्सकले मृत घोषित गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते