२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हुम्लामा हिमपात: चुनाव सम्पन्न गर्न हेलिकोप्टरनै चाहिने

२०७४, १ मंसिर शुक्रबार १०:५९

रेशम राज रोकाया | मंसिर १, हुम्ला | हुम्लामा हिजो दिउसो १२ बजेबाट हिमपात हुँदा चुनाव सम्पन्न गर्न कठिनाई हुने देखिएको छ । चुनावलाई तोकिएको समयमा सम्पन्न गर्नको लागि जिल्ला प्रशासन कार्यलयले आज गृह मन्त्रालयलाई एक पत्र लेखी हेलीकोप्टरको माग राखेको छ । 

हुम्लाको उत्तरी गाउँपालिका नाम्खा गाउँपालिका उच्च हिमाली भेगमा परेकोले मतदान स्थल सम्म पुग्नको लागि कठिनाई हुने देखिएकोले हेलिकोप्टरको माग गरिएको प्रमूख जिल्ला अधिकारी लक्ष्मी प्रसाद बाँस्कोटाले बताउनु भयो ।यहाँका अनुसार मतदान प्रक्रिया सकिए पछि अधिकाँश भागबाट मतपेटिका र मतदान अधिकृत सहित जिल्लामा ल्याउने तयारी भईरहेको बताउनु भयो । जिल्लाको ७ गाउँपालिका मध्ये सिमिकोट बाहेक अन्य गाउँपालिकाको मतदान सकिएपछि मतपेटिकालाई एक ठाउँमा केन्द्रित गरी ओसार्ने तयारी भएको छ ।


किन हेलिकोप्टर नै चाहियो त ?

हिजो दिउसो असिना सहित २ घण्टा मौसम परिवर्तन भएसँगै अत्याधिक चिसोको महशुस भएको छ । आज राती १२ बजेदेखी अहिले सम्म हिमपात भईरहेको छ । हिमपातको कारण उच्च भागका स्थानमा १ फिट हिउँ जमेको छ भने सदरमुकाम सिमिकोटमा हिउँ जम्न सुरु भएको छ । बाख्लो कुहिरो सहितको हिमपात हुँदा १ सय मिटरको दुरी सम्म देख्न पनि कठिन भएको थियो । चिसोको कारण बालबालिका र वृद्धालाई घर बाहिर निस्कन कठिन भएको छ भने शिक्षण संस्थामा पठन पाठन र कार्यालयका कर्मचारीलाई काम गर्न कठिन भएको छ । काम विशेषले एक गाउँबाट अर्को गाउँ गएका वासिन्दालाई घर फर्कन कठिन भएको छ । जिल्लाका उत्तरी गाउँपालिका नाम्खामा भने बढि हिमपात भएको छ । एक्कासी सुरु भएको हिमपातले पशुचौपाय लगायत जनजीवनमा प्रभावित बनाएको थियो । अहिले पनि उच्च हिमाली भेगमा हिमपात भईरहेको छ भने बादलले आकाश घेरीरहेको हुनाले राती अझ पर्न सक्ने सम्भावना रहेको छ ।

हिमपातले चुनावलाई प्रभाव पार्न सक्ने


मंसिर १० गते प्रदेश र संघको लागि तय भएको निर्वाचन सम्पन्न गर्नको लागि हिमपातको कारण कठिन भएको छ । जिल्लाको उत्तरी गाउँपालिका नाम्खाको लिमी, मुचु, यारी लगायतको मतदान स्थान सम्म मतदान टोलीमा खटिएका कर्मचारीको लागि कठिन भएको छ । लिमीको उच्च हिमाली लेकको बाटो बन्द प्राय भएका छन् । अत्याधिक चिसोको कारण र हिमपातमा अब चुनाव सम्पन्न गर्नको लागि हेलिकोप्टर प्रयोग गर्नु शिवाय कुनै विकल्प नभएको स्थानिय जानकार बताउँछन् । राम्रो मौसमक भएको बेला पनि यस अघि मतपेटिका लगायत अन्य सामाग्री ओसार्नको लागि हेलिकोप्टर प्रयोग गर्नु पर्ने अवस्था हुने सो ठाउँमा अब चुनाव के कसरी सम्पन्न गर्ने भन्नेमा चासो र चिन्ता सुरु भएको छ । उच्च ठाउँमा रहेका मतदान केन्द्रमा सामान्य अवस्था पनि खटिएका कर्मचारीलाई श्वासप्रश्वास बढ्ने समस्या हुने गरेको पाईएता पनि हाल हिमपातले यो समस्या अझ थपेको छ ।

त्यसै गरी मने लेक भन्दा पश्चिममा रहेका गाउँपालिका ताँजाकोट र अदानचुली  गाउँपालिकाका मतदान स्थल पुग्न पनि कठिन हुने देखिएको छ । मने लेक पार गर्दा दुरी कम हुने भएको भएता पनि मने लेकमा हिमपातको कारण बाटो अवरुद्ध भएको अवस्थामा ३ दिनको बाटो लम्बिने अवस्था भएको छ । हिमपातको कारण उत्तरी नाम्खाको अधिकाँश मतदान स्थल पुग्न समस्या हुने भएको कारण त्यहाँका २ हजार ५ सय ७४ जना मतदातालाई प्रभाव पार्ने देखिएको छ । चुनाव आउनको लागि जम्मा ९ दिन मात्र रहँदा बाटो अवरुद्ध हुने, बाटोमा ढुँगा खस्न सक्ने सम्भावना बढेको छ । 

हिमपातले हवाई मार्गमा अवरोध

हुम्लालाई अन्य जिल्लामा जोड्नको लागि एक मात्र सवारीको साधन हवाई जहाज हो । बाक्लो कुहिरो र हुस्सु अनि हिमपातको कारण यो सेवा पनि अवरोध भएको छ । नेपालगञ्ज र सुर्खेतबाट उडान भर्ने जहाज अवरुद्ध भएका छन् । यहाँ चाहिने दैनिक उपभोग्यका सामान ढुवानी गर्नको लागि र यात्रा गर्नको लागि उडान नहुँदा अझ जनजीवन थप कस्टकर भएको छ । नागरिक उड्डयन कार्यालय सिमिकोटका अनुसार नेपालगञ्ज र सुर्खेतमा जहाज यहाँको लागि उडान गर्न तयार भएको भएता पनि मौसममा सुधार नहुँदा अहिले उडान भर्न नसकिने अवस्था छ । बिस्तारै मौसममा सुधार आउने क्रम जारी रहेको भएता पनि अपरान्हतिर मात्र हावा नबढेका उडान हुन सक्ने संकेत कार्यालयले स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै