२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अन्तर्राष्ट्रिय अपांगता दिवस सल्यानमा पनि मनाईयो

२०७२, १७ मंसिर बिहीबार १२:३९

नोखिराम थापा/मङ्सिर १७, सल्यान । आज २४औं अन्तर्राष्ट्रिय अपांगता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंएको छ ।

‘अर्थपूर्ण समावेशीकरण, सबै क्षमताको व्यक्तिका लागि पहुँच र सशक्तीकरण’ भन्ने मूल नाराका साथ यसवर्ष अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइँएको हो ।

यसै अन्तरगत सल्यानमा पनि कल्याणकारी अपाङ्ग संघ सल्यान र पाथिभरा अपाङ्ग समाज सेवा संघको आयोजना तथा जिल्ला विकास समिती, एचआरडिसी, सिएमसी, महिला विकास कार्यालय र पास नेपालको सहयोगमा एक कार्यक्रम सम्पन्न गरिएको छ ।

कल्याणकारी अपाङ्ग समाज संघका अध्यक्ष कृष्ण बुढाको अध्यक्षतामा भएको कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी रमेश पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा अपाङ्गहरुले आफुहरुलाई समावेशिकरणका नाममा सिमित कोटा मात्रै भएको र अधिकारका नाममा कागजमा मात्रै सिमित भएको बताएका छन ।

लक्ष्मी शर्माले संचालन गरेको कार्यक्रममा चन्द्र बहादुर शाहीले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा विभिन्न क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै जनकल्याण उमावि थारमारेका प्रचार्य शिक्षक पूर्ण भण्डारी पंकज, रेडियो तहल्काका निर्देशक पवन कुमार वली, पास नेपालका अध्यक्ष ज्ञानेश्वर केसी, स्वास्थ्यकर्मी चित्र बहादुर वली, दमाचौर गाविसका सचिव पूर्ण बुढाथोकी, शिव कुमार शर्मा, कमला रोका, भद्र खड्का, दुर्गा केसी, दिप आचार्य लगायतलाई सम्मान गरिएको थियो ।

त्यस्तै राष्ट्रिय स्तरमा नै महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको संयोजनमा आज विभिन्न कार्यक्रम भएका छन भने गैरसरकारी संघसंस्थाहरुले पनि विभिन्न कार्यक्रम गरेका छन् ।

विश्व स्वास्थ्य सङ्गठन र विश्व बैंकद्वारा सन् २०११ मा प्रकाशित पछिल्लो अपाङ्गतासम्बन्धी विश्व प्रतिवेदनानुसार संसारमा कुल जनसङ्ख्याको १५ प्रतिशत मानिस कुनै न कुनै रूपमा अपाङ्गताको अवस्थामा बाँचिरहेका छन् । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमले जनाएअनुसार अपाङ्गता भएका व्यक्ति ८० प्रतिशत विकासोन्मुख देशमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन