४ मंसिर २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारले छाडा छाडीदिएपछी… ! साझासंजाल डटकमको यस्तो हर्कत

२ मंसिर २०७४, शनिबार १६:०३

मङ्सिर २, काठमाडौँ | विश्वमा सर्वप्रथम सन् १९६९ मा अमेरिकी सेनाहरुको सूचनाआदान प्रदानका लागि बनाइएको अर्पानेटको विकसित रुप इन्टरनेटले संसारलाई एकै स्थानमा खुम्च्याईदिएको छ । तर यो माध्यमले जति सहजै संचार गर्न सक्छ त्यतिनै खतरनाक बन्न सक्ने प्रमाणित हुँदै आएको अवस्था छ । पछिल्लो समय सबैको पहुँचमा पुगेको इन्टरनेट र यसको नकारात्मक प्रयोगको प्रभाव विश्वब्यापी देखिन्छ । 

बढ्दो अनलाइन माध्यमको लोकप्रियता सँगै कतिपय देशमा यस सम्बन्धि व्यापक कानुन बनेको अवस्था छ भने हाम्रो देशमा साइबर कानुन सम्बन्धि कानुन प्रभावकारी बन्न नसकेको अवस्था छ । त्यसोत पछिल्लो समय प्रेस काउन्सिल नेपालले अनलाइन मिडिया सन्चालनमा कडाई गर्ने आशा जागेपनि आशातित काम गर्न नसक्दा अनलाइन र यसको प्रयोग अनुचित रुपमा गर्नेहरुको सक्रियता बढेको छ । यस्तै अनुचित कार्यहरुको नियन्त्रणस्वरूप हामीले अनलाइन मिडियामा भईरहेका नकारात्मक कृयाकालाप र साइबर क्राइम सम्बन्धि केहि बिषयहरुलाई यस अनलाइनमा उठान गर्ने र केहि हदसम्म नियन्त्रणको लागि प्रयास गर्ने प्रयास गरेका छौं । सम्बन्धित निकायहरुको ध्यान यस्ता बिषयमा यथासिघ्र पुगोस भन्नेमा हाम्रो ध्यानाकर्षण भएको छ  ।

साझासंजाल डट कमको यस्तो हर्कत  

हामीले अनलाइन मिडिया दुरूपयोग गर्ने अनलाइन तथा फेसबुक एकाउन्टहरु बिरुद्ध अप्रेशन सुरु गरेकै दिन पहिलो अप्रेशन अन्तर्गत sajhasanjal.com ले गरेको नकारात्मक क्रियाकालापको बिषयलाई उठान गरेका छौं ।

सरकार तथा कानुन सक्रिय हुने हो भने यो अनलाइन बन्द भएर पनि यस अनलाइनलाई  संचालन गर्ने व्यक्तिहरु जेलको चिसोमा बस्नु पर्ने हो तर आजसम्म यस अनलाइनले सक्रियका साथ फेसबुकमा झुटको खेति गरिरहेको भेटिएको छ ।


यसले अनलाइन मिडिया खोल्न नत सरकारी अनुमति लिईएको छ नत यस अनलाइनमा अपडेट हुने सामग्रीहरुले पत्रकारिताको आचारसंहितालाई मानेका छन् । बरु समाचार तथा बिबिध सूचना दिने नाममा कानुनले सूचनाको लागि बर्जित गर्ने, आचारसंहिताको ठाडो उल्लघन गर्ने तथा साइबर अपराधसम्मको अपराध यस अनलाइनमा भएका छन् । काल्पनिक पोष्ट/लेखहरुमा त्यससँग संलग्न नभएका महिलाहरुको तश्विर प्रयोग गरिएको छ । अनलाइन मिडियाले छाडा शब्दको प्रयोग नगरी पाठकमा यौन शिक्षा दिने उध्यश्यले सामग्रीहरु दिन सक्छ तर यस अनलाइनले यौन उत्तेजना र यौन भोगाईका काल्पनिक सामग्री दिएर आचारसंहिता उल्लघनको छाडा सामग्री प्रकाशन गरेको छ । 

साथै यस अनलाइनले अन्य अनलाइनमा अपडेट भएका सामग्रीलाई तोडमोड गरि दुरूपयोग गरिएको भेटिएको छ । नेपालमा पछिल्लो समय अनलाइन मिडियालाई सरकारले सुचिकृत गरेर मात्र चलाउन सक्ने नीति लिएपनि यस अनलाइन विदेश वा स्वदेश कहाँबाट संचालित छ भन्ने स्पष्ट छैन । त्यसो त सरकारको पछिल्लो नीतिलाई यस अनलाइनले मानेको छैन भने उसले अनलाइन मिडियाको समेत बद्नाम हुने सामग्री तथा पोष्ट गरेको भेटिएको छ ।

अर्को कुरा, यदी यस अनलाइनको सामाजिक संजाल हेर्ने हो भने फेसबुक पेजमा समेत सिधै झुटा र अश्लिल सामग्रीहरु बढी सेयर भएका छन् । पछील्लो समय आफ्नो फेसबुक पेज सक्रिय राख्न यस अनलाइनले फेसबुकमा १ लाख दिने भन्दै झुटो पोष्ट दिएर सामजिक संजालमा आम प्रयोग कर्ताहरुमा प्रभाव पर्ने गरि सामाजिक संजालको दुरूपयोग गरेको छ ।


त्यस्तै सामाजिक संजालमा उत्तेजक भिडियो तथा सामग्रीहरु अपडेट गरेर दुरुपयोग गरेको छ । यसले यसै खालका बिभिन्न क्रियाकलाप गर्दै आफ्नो पेज लाइक १ लाख भन्दा माथि पुर्याएको छ । 


यसलाई किन कारवाही आवश्यक ? 

पहिलो कुरा यो अनलाइनले समाचारजन्य सामाग्रीहरु अपडेट गर्ने गरेकोले यो सुचना बिभागमा सुचिकृत छैन । यसले गरेका अपडेटलाई अधार मानेर सिधा कारवाही गर्ने हो भने पनि यस अनलाइनलाई साइबर अपराध सम्बन्धि कानुन लाग्छ । यदी अनलाइन मिडियाको दुरुपयोग नभएको भएपनि यस अनलाइन कहाँबाट संचालित छ, संचालक/प्रकाशक को हो ? सम्पर्क नम्बरहरु सबै गोप्य छन् । त्यसैले यसले दुरूपयोगकै उध्यश्यले यो अनलाइन र त्यस सँग सम्बन्धित पेज संचालन गरेको स्पष्ट छ ।

सरोकारवाला निकाय र प्रहरीको ध्यान जाओस् 

सामाजिक संजाल व्यक्तिगत होइन  । जब यो एउटा व्यक्तिको दायराबाट बाहिर आई  सार्वजनिक हुन्छ तव यसको सकारात्मक-नकारात्मक बिषयलाई सरोकारवालाहरुले ध्यान दिनु अत्यावश्यक छ । नेपालमा साझासंजाल डट कम जस्ता सयौं नकारात्कम कुराहरु पोष्ट गर्ने र सामाजिक संजाल तथा अनलाइन मिडियाको बद्नाम गर्नेहरुको सक्रियता बढेको सन्दर्भमा यस्ता अनलाइन वा फेसबुक एकाउन्ट/पेजमा कडाई गर्नु आवश्यक छ । यस्ता अनलाइनहरुले हिंशाका घटनालाई बढाई-चढाई गर्ने, समाचार तोडमोड गर्ने, पत्रकारिताको मर्म बिपरित काम गर्ने र आमसंचारमा समेत नकारात्मक प्रभाव पार्ने काममा भूमिका खेल्ने गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आशिषलाई प्रश्न : ‘पूर्ण वहादुरको सारङ्गी’ कि ‘रैया चाँदीको’ हिट ? उप–निर्वाचनःउमेदवारको नामावली आज प्रकाशन हुने युइएफए नेसन्स लिग : क्रोएशिया र पोर्चुगल क्वाटरफाइनलमा माओवादी पदाधिकारी बैठक आज बस्दै एनपिएलको खेल तालिका सार्वजनिक पृथ्वीराजमार्ग अन्तर्गत त्रिशूलीमा खस्यो ट्रक ! मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ? आजको मौसमःकेही भूभागमा वर्षाको सम्भावना देशभर चिसो बढ्दो, जुम्लामा तापक्रम झन्डै -४°C मा झर्‍यो राष्ट्रिय कृषि कम्पनीमा १६१ जनाभन्दा बढी कर्मचारी माग(सुचनासहित) कर प्रणालीलाई लगानीमैत्री बनाउनुपर्नेमा चेम्बरको जोड रोमानिया पठाइदिन्छु भनि ठगी गर्ने व्यक्ति पक्राउ उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था बलियो बनाउन आयोगको आग्रह पूर्वसभामुख ढुंगानाको पशुपति आर्यघाटमा गरियो अन्त्येष्टि चीनमा पोथी पाण्डाको ‘मार्सल आर्ट’ नीता ढुंगानाको फिल्म ‘ह्रस्व दीर्घ’ ले कति कमायो ? सुदूरपश्चिम रोयल्सले धनगढीमा गर्यो भव्य र्‍याली दमननाथ ढुंगानाएक ऐतिहासिक व्यक्तित्व हुनुुहुन्थ्यो : अध्यक्ष दाहाल सी चिनफिङ र जो बाइडेनबीच भेट, ट्रम्पसँग सहकार्य गर्ने विषयमा छलफल पुष्पामा अल्लु अर्जुनको पारिश्रमिक ३०० करोड, अरूको कति ?