१३ पुष २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

न्यूनतम पारिश्रमिक निर्धारण समिति सल्यानमा

४ माघ २०७२, सोमबार १०:५८

Poshan KCडिल्लीराज रावत । माघ ४, सल्यान । न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण केसीले पत्रकारको पारिश्रमिकको व्यवस्था गर्नकालागि सरकारी तवरबाटै विज्ञापन प्राधिकरण गठन गरी समानुपातिक ढंगले विज्ञापनको वितरण गरिने बताएका छन । श्रमजिवि पत्रकार सम्बन्धि ऐन कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले संचारमाध्यामको विकासका लागि राज्यले एकद्वार प्रणालीबाट विज्ञापन वितरण गरि संचारमाध्यामलाई क्षमतावान बनाउन जरुरी रहेको बताएका छन ।

संचारकर्मीले विभिन्न आन्दोलनमा मिसन तथा जनपक्षिय पत्रकारीता गरि मुलुकलाई लोकतान्त्रीक गणतन्त्र स्थापना सम्म महत्वपूर्ण भूमिका खलेको बताउदै उनले पत्रकारले न्यूनतम पारिश्रमिकको मुद्धा सहि व्यवस्थापनका लागि उठाएको दावी गरेको छन । पत्रकार समाजको दर्पण भएकोले आफ्ना दुःखहरु विर्सेर काम गरेपनि उचित पारिश्रमिक पाउनुपर्ने भन्दै उनले उचित पारिश्रमिक नदिने संचार माध्याममा काम नगर्न सुझाव दिएका छन ।

कार्यक्रममा नेपाली काग्रेशका सहसचिव रामचन्द्र केसीले पत्रकारले न्यूनतम हैन अधिकत पारिश्रमिक पाउनुपर्ने भन्दै त्यसतर्फ केन्द्रित हुन आग्रह गरेका थिए । त्यस्तै नेकपा एमालेका सचिवालय सदस्य इश्वरी बुढाथोकीले कुनैपनि ठाउँमा श्रमको आधारमा उसको ज्याला तोकिने भएकाले पत्रकार मात्रैको हैन आम सर्वसाधारणको न्यूनतम पारिश्रमिक हुनुपर्ने बताएका छन ।

नेपाल पत्रकार महासंघ सल्यानका सभापति शालिकराम शर्माको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका २ दर्जन बढि पत्रकारहरुले जिल्लाको पत्रकारीतालाई टिकाउन एकआपसमा मिलेर काम गरेको बताएका थिए । जिल्लामा क्रियाशिल पत्रकारहरुका आफ्नै संचार माध्याम भएका कारण जिल्लामा मजदुर र मालिकको रुपमा कोहि नछुट्टिएको बताउदै पत्रकारहरुले संचार माध्याममा हुने आयको आधारमा उसको पारिश्रमिक निर्धारण गरिएको र त्यसमा नै सबैले काम गरेको बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आजको मौसम: दिउँसो देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रास्वपा संसदीय दलको नेतामा को ? बालेन भन्छन् – तीनकुने सरकारले व्यक्तिको जग्गा लुटेर राखेको स्थान हो मोहन वैद्य अस्पताल भर्ना ट्रम्प ह्वाइट हाउसमा फर्कनुअघि अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई चाँडै फर्कन विश्वविद्यालयहरूको आग्रह राष्ट्र बैंकले गर्यो ३ वटा रेमिट्यान्स कम्पनीको इजाजत खारेज नेता भण्डारीको प्रश्न : सम्पति शुद्धीकरणको मुद्दा जहाँबाट पनि चलाउने हो भने अब बाँकी रहन्छ को? पोस्टरमा यस्तो देखियो फिल्म ‘होस्टेल ३’ रूसी मिसाइलले अजरबैजानको जहाज खसालेको दाबी आफ्नै फ्ल्याटमा मृत भेटिइन् भारतीय आरजे सिमरन सिंह म्यासेडोनिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ सहकारी ठगी प्रकरणमा रवि लामिछानेसँग दोस्रो दिन बयान सुरु एनएपीएलमा छक्का हानेको बल क्याच गरेर ४ जनाले पाए २५/२५ हजार सरकारलाई जनकपुर बोल्ट्सले साढे २७ लाख कर दिनुपर्ने, अरु टोलीले कति? दुर्गा प्रसाईंलाई रिहा गर्ने आदेशविरुद्ध पुनरावलोकन गर्दै सरकार राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकबाट हट्दै मोन्टी देसाई आज बढ्याे सुनचाँदीको मूल्य, प्रतितोला कति? मोटरसाइकल दुर्घटना हुँदा पछाडि सवार एक जना युवकको मृत्यु रास्वपाको सचिवालय बैठक आज बस्दैँ यस्तो छ, शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर !