२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

२७ औँ गाविसको रुपमा धनवाङ खुल्ला दिशामुक्त हुँदै 

२०७२, ७ माघ बिहीबार ०९:२९

शँकर के सी ।  माघ- ७, सल्यान । सल्यानको धनवाङ गाविस भोलि शुक्रबार जिल्लाको २७ औँ गाविसको रुपमा खुल्ला दिशामुक्त गाविस घोषणा हुँदैछ । कृषि उपज बजार केन्द्र कपुरकोटको प्रांगणमा भोलि एक समारोहका विच खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्न लागीएको खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समीती धनवाङले जनाएको छ ।

गाविसमा रहेका सबै घरधुरिमा सौचालय निर्माण भइ प्रयोगमा आएको पाइएकोले धनवाङ गाविसलाइ सल्यान क्षेत्र नम्बर २ का सांसद् तथा व्यवस्थापीका संसद् अर्थ समीतीका सभापती प्रकाश ज्वालाले खुल्ला दिशामुक्त गाविस घोषणा गर्ने कार्यक्रम रहेको समीतीका अध्यक्ष तथा गाविस सचिव टुकाराम ओलिले जनाउनुभयो ।

यसैविच भोलिको कार्यक्रममा स्थानीय र मौलीक कला संस्कृती झल्कने झाँकी, जुलुश, नाच तथा विभिन्न प्रतीभा सहित उपस्थीत भइदिन गाविसभित्र रहेका सम्पूर्ण स्कूल, क्लव, सहकारि, समूह तथा गाविसवासिमा खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समीतीका सदस्य सचिव देवेन्द्र कुमार सेनले अनुरोध गर्नुभएको छ ।

सल्यान जिल्लालाइ नै आगामी फागुन महिना भित्र खुल्ला दिशामुक्त जिल्ला घोषणा गर्ने गरि अभियान चलीरहेको खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालय सल्यानका प्रमुख ध्रुवदेव प्रसाद कुम्हालले जनाउनुभयो । उहाँले यो अभियानमा साथ दिनर सबैले घरघरमा चर्पि बनाइ प्रयोग गर्न सबै जिल्लावासिलाइ अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै