१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

जिविसले विभिन्न इलाकाहरुमा योजना तर्जुमा गोष्टी सञ्चालन गर्दै

७ माघ २०७२, बिहीबार ०९:३२

शँकर के सी । माघ ७, सल्यान । जिल्ला विकास समितीको कार्यालय सल्यानले आगामी जिल्ला परिषद् सम्पन्न गर्नका लागी जिल्लाका विभिन्न इलाकाहरुमा योजना तर्जुमा गोष्टी शुरु गरेको छ । जस अन्तर्गत आज इलाका नम्बर ३ को कपुरकोटमा गोष्टी सम्पन्न भएको छ ।
आर्थीक वर्ष २०७३।०७४ का लागी गाउँ परिषद्बाट सिफारिश भएका विभिन्न योजनाहरुलाइ सामुहिक छलफलबाट प्राथमीकीकरण गरि छनौटका लागी जिल्ला वरिषद्मा पठाउने निर्णय आजको गोष्टीमा भएको छ ।

धनवाङ गाविसका सचिव टुकाराम ओलिको अध्यक्षता तथा जिविस सल्यानका निमित्त स्थानीय विकास अधिकारि निम बहादुर ओलीको प्रमुख आतीथ्यतामा भएको कार्यक्रममा पर्यटन सडक, कृषि सडक, खानेपानी, स्वास्थ्य, शिक्षा जस्ता विभिन्न क्षेत्रका योजनाहरु माग गरेर पठाइएको छ ।

गोष्टीमा पूर्व जिविस सभापती ध्रुवराज पुरी, सामुदायीक वन महासंघ नेपालका केन्द्रीय सदस्य घनश्याम शर्मा, स्वास्थ्य चौकी धनवाङका इन्चार्ज देवेन्द्र सेन, पशु सेवा केन्द्रका प्रमुख कमल कुशुम आचार्य, कृषि सेवा केन्द्रका प्रमुख कमल रेग्मी तथा धनवाङ, रीम, सिनवाङ र गर्पा गाविसमा क्रियाशिल विभिन्न राजनीतीक दलका प्रमुख तथा प्रतीनिधीहरुको सहभागीता थियो ।

आज नै देवस्थल, सिद्धेश्वरी र खलंगामा पनि इलाका स्तरिय योजना तर्जुमा गोष्टी सम्पन्न भएको जिविस सल्यानका जिवराज केसीले जानकारि दिनुभयो । लेकपोखरा र रामपुरमा भने हिजो बुधबार नै गोष्टी सम्पन्न भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव