मङ्सिर ७, नवलपरासी | पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत नवलपरासीको कावासोती नगरपालिका–११ लोकाहामा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुईजनाको ज्यान गएको छ ।
बुधबार राति ना ४ ख ८६ २२ नम्बरको रोकि राखेको ट्रकमा लु ३६ प ५९७४ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा रहेका कावासोती–५ बस्ने अन्दाजी २५ वर्षका रोशनबहादुर ठाडा मगर र २० वर्षका रत्न आलेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
नवलपरासीमा जाडोको समय बिहान हुस्सुको कारण टाढाको दृश्य देख्न नसकिने तथा सडक राम्रो हुँदा ओभरस्पिडको कारण दुर्घटना हुने सम्भावना बढेर जान्छ । जिल्लामा ओभर स्पिड नहुनेहो भने आधा भन्दा कम दुर्घटनामा कमि आउने स्थानीय बताउँछन् ।
- फाइल तश्विर