१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

भारत बेच्न लैजाँदै गरेका ३ युवतीसहित दुई दलाल नवलपरासीमा पक्राउ

७ मंसिर २०७४, बिहीबार १४:११

श्याम थापा/मङ्सिर ७, नवलपरासी । नेपाली युवतीहरूलाई बेचबिखनका लागि भारत लैजाने क्रममा नवलपरासी जिल्लाको सुस्ता पुर्व रहेको त्रिबेणि ब्यारेजमा नेपाल प्रहरीले २ जना दलाल सहित ३ जना युवतीहरूलाई पक्राउ गरेको छ । 

नेपाल र भारत दुबै देशमा दोहोरो नागरिकता भएको र आफुलाई नवलपरासी जिल्लाको गोपिगन्ज बस्ने भनेर बताउने हरि बाहादुर बिक र नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका बस्ने राजकुमारी बिकले सिन्धुपाल्चोक बस्ने बर्ष २० कि नरमाया तामाङ, सिन्धुपाल्चोक बस्ने बर्ष १९ कि निरमाया तामाङ र बुटवल बस्ने बर्ष ३४ कि लिला गुरुङलाई भारतको मुम्बईमा बिक्री गर्न भनेर लैजादै गर्दा नेपाल प्रहरी त्रिबेणिका प्रहरी जवान उषा गायकले पक्राउ गरेका हुन । 


उहाले पक्राउ गरि ईलाका प्रहरी कार्यालय त्रिबेणिलाई बुझाएको जानकारी दिनु भयो । पक्राउ परेका दुबै दलाल सहित ३ जना युवतीहरुलाई ईलाका प्रहरी कार्यालय त्रिबेणीमा राखीएको राष्ट्रिय अनुसन्धान बिभागको विशेष सुत्रले जानकारी दिएका छन । 

पक्राउ परेका दलाल हरि बाहादुर बिक र राजकुमारी बिकले अहिले सम्म २० वटा भन्दा बढी नेपाली चेलीहरुलाई भारत लगेर बिक्री गरिसकेको ईलाका प्रहरी कार्यालय त्रिबेणिका प्रहरी नायब निरीक्षक हरि धोबीले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो