शँकर के सी/ फागुन १७, सल्यान । सल्यानको कपुरकोट बजार क्षेत्रमा आज सरसफाइ गरिएको छ । नेकपा एमाले धनवाङको आठौँ गाउँ अधिवेशनको अवसरमा आज सरसफाइ कार्यक्रम सम्पन्न गरिएको हो ।
नेकपा एमाले धनवाङ गाउँ कमिटीका अध्यक्ष हरिलाल पुनको अध्यक्षता तथा जिल्ला कमिटी उप सचिव भिम बहादुर सेनको प्रमुख आतीथ्यतामा भएको सरसफाइ कार्यक्रममा नेपाली काग्रेस क्षेत्र नम्बर २ का निवर्तमान सभापती दुर्गा बहादुर गिरिले सरसफाइमा ध्यान पु¥याउन नसकेमा मानव स्वास्थ्य नै खतरामा पर्ने भएकाले अझै सरसफाइको महत्व बुझाउन तर्फ सबै लाग्नुपर्ने बताउनुभयो । सरसफाइ कार्यक्रम वेला बखतमा भन्दा पनि नियमित रुपमा हुनुपर्ने उहाँको भनाइ छ ।
यस्तै नेपाली कागेस धनवाङका निवर्तमान सभापती डण्ड बहादुर सेनले दाङ सल्यान, रुकुम रोल्पाको प्रवेशद्धारको रुपमा रहेको कपुरकोट बजारलाइ शुन्दर, सफा र मनोरम बनाउनका लागी सरसफाइको खाँचो औँल्याउनुभयो ।
एमाले धनवाङको आयोजनामा भएको कार्यक्रममा कपुरकोटको डाँडाबजार, तल्लो बजार, न्युरोड, रोल्पा रोड र किमुचौर रोडमा सरसफाइ गरिएको छ । कार्यक्रमको सहजीकरण गाउँ कमिटीका सचिव शँकर के सी ले गर्नुभएको थियो ।
यसैविच नेकपा एमाले धनवाङको भोलि कपुरकोटमा हुने आठौँ गाउँ अधिवेशनको तयारि सम्पूर्ण पुरा भएको आयोजकले जनाएको छ ।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज गुलावजंग शाहले भोलि विहान ११ बजेतीर उद्घाटन गर्ने भनिएको अधिवेशनमा सांस्कृतीक कार्यक्रम, साउण्ड सिस्टम, मञ्च व्यववस्थापन जस्ता तयारि सम्पन्न भइसकेको गाउँ कमिटी उपाध्यक्ष भुवनेश्वर गौतमले जनाउनुभएको छ । भोलि हुने अधिवेशनबाट आगामी २ वर्षका लागी नयाँ गाउँ कमिटी चयन गरिने छ ।