४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

निर्मला र गोपिलालको विषयमा छानबिन हुने भएपछी सल्यान बन्द खुल्यो

२ चैत्र २०७२, मंगलवार १२:४५

डिल्लीराज रावत/चैत्र २, सल्यान । सल्यान त्रिवेणीमा फाल्गुण २२ मा निधन भएकी निर्मला वि.क. र उनको हत्यामा संलग्न भएको आरोपमा हिरासतमा निधन भएका गोपिलाल बुढाथोकीको स्वतन्त्र रुपमा छानविन गरिने भएको छ ।

दुबै घटनाको छानविनका लागि जिल्ला प्रहरीको कार्यालयको तालिम प्राप्त टोली र विभिन्न स्वतन्त्र संस्थाहरुको छानविन समितिले गठन गरिएको छ । घटनाको छानविनका लागि सहायक प्रमुख जिल्ला अधिकारी रमेश पाण्डेको संयोजकत्वमा नेपाल बार यसोशियसन, पत्रकार महासंघ, मानव अधिकारकर्मि र स्थानिय शारदा बोहरा सदस्य रहेको छानविन समिति गठन गरिएको छ ।

त्यस्तै मृतक निर्मला वि.कका बच्चाहरुलाई उच्च शिक्षा सम्म अध्ययनका लागि विभिन्न शैक्षिक संस्थाहरुमा जिल्ला वाल कल्याण समितिले सिफारिस गरि पठाउने निर्णयका साथै मृतक गोपिलाल बुढाथोकीका छोरा विक्रम बुढाथोकीलाई उनको सिप अनुसार जिल्ला पशुसेवा कार्यालय वा अन्य सरकारी कार्यालयमा सवारी चालकको रुपमा राख्ने निर्णय पनि भएको छ । यी मागहरु पुरा भएपछि जिल्ला अस्पतालमा रहेको गोपिलालको लासलाई उनका आफन्तले बुझेका छन ।

सोहि घटनालाई लिएर विहानै देखि बन्द भएको सल्यान दिउसो ४ बजेबाट खुलेको छ । लुहाममा सर्वपक्षिय भेला गराई संघर्ष समिति गठन गरी संगठित आन्दोलनमा लागेका पिडितहरुले मंगलबार गरेको बन्दमा सल्यानबासीले स्वतस्फुर्त रुपमा सहयोग गरेको सल्यान रुकुम यातायात व्यवसायी समितीका अध्यक्ष लोकमान बुढाथोकीले जानकारी दिएका छन । आफुलाई कसैले बन्द गर्न दवाव नगरेको पिडितले न्याय पाउनुपर्छ भनि आफुले सहयोग गरेको उनले बताएका छन ।

फाल्गुण २२ मा आत्महत्या गरिएकि भनिएकी त्रिवेणी ६ कि निर्मला वि.क.को हत्या नै भएको भन्दै उनिहरुले सोहि घटनामा जोडिएका ५२ बर्षिय गोपिलाल बुढाथोकीको हिरासतमा झुण्डिएर आत्महत्या भयो भन्दै झुण्डिएको कुनैपनि प्रमाण नदिनु प्रहरी प्रशासनको गैर जिम्मेवारीपन भएको भन्दै स्थानियले विभिन्न ५ वटा मागहरु राखि आन्दोलनमा उत्रेका थिए ।

अगएको फाल्गुण २२ गते आत्महत्या गरिएकि भनिएकी त्रिवेणी ७ पोखरीकी २५ बर्षिया निर्मला वि.क. को हत्यामा संलग्न रहेको भन्दै प्रहरीले मृतक गोपिलाल र उनकी श्रीमती त्रिवेणी ६ कि मन्धरी बुढाथोकी, त्रिवेणी ४ कि २८ बर्षिया मोति खड्का र ४ कै २२ बर्षीया दुर्गा बोहरालाई पक्रेको थियो । उनिहरु तिनै जना अनुसन्धानका क्रममा जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ