१४ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

जस्तो सुकै आवरणको अपराधिले पनि छुटकरा पाउदैनः डिआइजी नेपाल

१६ चैत्र २०७२, मंगलवार ०८:२४

शँकर के सी, चैत १६, सल्यान । मध्यपश्चिम प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक माधव नेपालले जस्तो सुकै आवरणको अपराधिलाइ छुटकरा नदिने बताउनुभएको छ ।

उहाँले जनताको साथ र सहयोगमा अपराधीलाइ कानुनी कठघरामा ल्याएरै छाड्ने प्रतिबद्धता जनाउनुभयो । सल्यान सदरमुकाम जाने क्रममा जिल्लाको प्रवेशद्धार कपुरकोटमा अवस्थीत प्रहरी चौकीमा स्थानीयहरु संग अन्तरक्रिया कार्यक्रममा बोल्दै डिआइजी नेपालले भन्नुभयो– प्रहरी एक कदम अगाडी बढ्दा अपराधी चार कदम अगाडी पुगिरहेको हुन्छ, तर जनताको साथ भयो भने जस्तो सुकै अपराधीलाइ पनि तह लगाउन सकिन्छ । जनता पनि बर्दि नलगाएको प्रहरी भएको उहाँको भनाइ छ ।

श्रोत साधन तथा जनशक्तिको अभावका बाबजुध पनि नेपाल प्रहरीले जनमुखी काम गरिरहेको भन्दै डिआइजी नेपालले भन्नुभयो–नेपाल प्रहरीको देशभर ७२ हजार दरबन्दी भएपनि १० हजार दर्बन्दी खालि छ, तर पनि हामी ठूलो साहसकान साथ भएको श्रोत साधनलाइ उपयोग गर्दै समाजमा शान्ति सुरक्षा कायम राख्न लागी परेका छौँ । अहिले प्रहरीमा नयाँ भर्ना खुलेकाले अबको ६।७ महिना भित्रै खालि रहेको दर्बन्दी पुरा हुने र जनशक्ति अभावको समस्या केहि हद सम्म हल हुने उहाँले बताउनुभयो ।

अन्तरक्रिया कार्यक्रममा राप्ती अञ्चाल प्रहरी प्रमुख एसएसपि प्रेम चन्दले प्रहरीको माग अहिले गाउँ गाउँमा रहेको भन्दै यसले जनताको प्रहरी प्रतीको विश्वासलाइ अझै बलियो बनाएको बताउनुभयो । उहाँले आफु मातहतका प्रहरीहरुलाइ निर्देशन दिदै भन्नुभयो– प्रहरीको विश्वास जनताले गरेका छन्, त्यो विश्वासलाइ टुट्न नदिएर समाजमा शान्ति, सुव्यवस्था चुस्त दुरुस्त राख्न अनुरोध गर्छु ।

यस्तै सल्यान जिल्ला प्रहरी प्रमुख डिएसपि श्याम खत्रीले जिल्लाका सबै निकाय संग समन्वय गरेर आफु अगाडी बढ्ने बताउनुभयो ।
सो अवसरमा स्थानीयहरुको तर्फबाट घनश्याम शर्माले कपुरकोट प्रहरी चौकीलाइ इलाका प्रहरी चौकीको रुपमा स्तर वृद्धि गर्न, जनशक्ति वृद्धि गर्न र आवश्यक पर्ने सवारि साधनको व्यवस्था गर्न माग गर्दै ज्ञापन पत्र बुझाउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको शिष्टाचार भेट सरकारको एकीकृत वित्तीय विवरण पेस उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’ स्वास्थ्य बीमाका प्रावधान सुधारका लागि गृहकार्य गरिरहेका छौँ : स्वास्थ्यमन्त्री डा गौतम आन्दोलनमा बल प्रयोगसम्बन्धी कुनै आदेश दिइएको थिएनः पूर्वगृहमन्त्री लेखक नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट युक्रेन सङ्कट समाधानमा चरणबद्ध प्रक्रिया आवश्यकः ट्रम्प गाजामा आँधीका कारण जनजीवन जोखिममा,उद्धार कार्य प्रभावित इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण थाइल्यान्ड–कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास जसपा नेपाल र जसपाबीच एकता घोषणा नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ : मन्त्री खरेल करेन्ट लागेर एक महिलाको मृत्यु डुबेर तीन वर्षीय बालकको निधन