३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

पाँचथरमा युनियनको मेची भेला, स्व. देवमान केरुङ पत्रकारिता पुरस्कार गिरीराजलाई

३० चैत्र २०७२, मंगलवार ०२:२९

प्रकाश धौलाकोटी, चैत्र ३०, तेह्रथुम । नेपाल प्रेस युनियनको मेची अञ्चल स्तरीय भेला पाँचथरको फिदिममा हुने भएको छ । प्रेस युनियन शाखा पाँचथरको मंगलबार बसेको कार्यसमिति बैठकले बैशाख पाँच गते युनियनको मेची अञ्चल भेला गर्ने निर्णय गरेको हो ।

नेपाली काँग्रेसका केन्द्रिय सदस्य विश्वप्रकाश शर्मा र भिष्मराज आङ्देम्बेको आतिथ्यतामा आयोजना गर्न लागिएको अञ्चल भेलाकै अवसर पारेर प्रेस युनियन शाखा पाँचथरको बार्षिक साधारण सभा समेत सम्पन्न गर्ने निर्णय गरेको युनियनका पाँचथर सचिव भीमकुमार बाँस्कोटाले बताउनुभयो । भेलामा मेची अञ्चल जिल्ला शाखा अध्यक्ष, सचिव र अञ्चल सदस्य लगायत युनियनमा आस्थावान अग्रज पत्रकारहरुको समेत उपस्थिति हुने बताइएको छ ।

बाँस्कोटाका अनुसार अञ्चल भेलाकै अवसर पारेर स्व. देवमान केरुङ स्मृति पत्रकारीता पुरस्कारबाट युनियन शाखा पाँचथरका सदस्य तथा केन्द्रिय पार्षद गिरिराज बाँस्कोटालाई पुरस्कृत गर्ने निर्णय गरिएको छ ।

नेपाली काँग्रेसका पाँचथर सभापती नरेन्द्रकुमार केरुङ, सिद्ध देबि मावि सिदनका प्रअ सुरेन शिशिर केरुङ र युवा समाजसेवी ज्ञानेन्द्र केरुङले दिवंगत भएका आफ्ना स्वर्गिय पिता देवमान केरुङको स्मृतिमा सो पुरस्कार स्थापना गरेका थिए । युनियनको स्थापना दिवस वा बार्षिक साधारण सभाको अवसरमा प्रेस युनियन शाखा पाँचथरले प्रदान गर्ने उक्त पुरस्कारको राशि ५ हजार ५ सय ५५ रुपैँया रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’