पढ्न करिब 1 मिनेट लाग्छ

रेशम राज रोकाया/मंसिर १२, काठमाडौं । हुम्लाको सिमकोट विमानस्थलको धावनमार्गमा तारा एयरको ९एन–एबिएम कलसाइनको ट्वीनअटर विमान दुर्घटना भएको छ ।

मंगलबार बिहान नेपालगञ्जका लागि उडान भर्ने क्रममा इन्जिनमा समस्या आएपछि अकस्मात अवतरण गर्न खोज्दा अगाडिको टायर पञ्चर भएपछि विमान दुर्घटना भएको हो । विमान धावनमार्गबाट चिप्लिएर करीव १५० मिटर विमानस्थलको दक्षिण क्षेत्रमा खसेको छ । दुर्घटनाबाट विमानको अगाडिको भागमा क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार, दुर्घटनामा पाइलटसहित पाँचजना घाइते भएका छन् । घाइतेहरूमा पाइलटद्वय बसन्त लामा, अनुप गुरूङ र एयर होस्टेज श्रेया श्रेष्ठ रहेका छन् । अन्य तीन जना चुनाव सकेर फर्किदै गरेका प्रहरी रहेको बताइएको छ ।

घाइतेहरुको अहिले जिल्ला अस्पतालमा उपचार भैरहेको छ भने घाइतेको अवस्था हेरी सुर्खेत या नेपालगञ्ज लैजाने तयारी गरिएको बताइएको छ । तीन जना चालक दलका सदस्यसहित १९ जना सवार रहेका थिए ।

तस्बिर: रेशम राज रोकाया, साझा सबाल, हुम्ला