२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

पुस ११ र १२ गते दाङमा दुव्र्यशनी विरुद्ध नाटक देखाईने

१४ मंसिर २०७४, बिहीबार १०:५२

शंकर केसी/मङ्सिर १४, सल्यान । लागुऔषध प्रयोगका कारण ठूलाठूला घटना हुने भन्दै यसलाई नियन्त्रण गर्न दाङमा सडक नाटक मार्फत सचेतना फैलाइने भएको छ । आगामी पुसको ११ र १२ गते दाङ शान्तिनगरका विभिन्न स्थानमा नाटक प्रदर्शन गरिने भएको हो ।

शान्तिनगर गाउँपालिकाको सहयोगमा विष्णुदेवी फाउण्डेशनले लागुऔषध दुव्र्यशनीविरुद्ध सचेतनामुलक नाटक प्रदर्शन गर्न लागेको फाउण्डेशनका कार्यक्रम संयोजक निराश पाण्डेले बताएका छन् ।

उनका अनुसार सचेतनामुलक विभिव सांसकृतीक प्रस्तुतीको साथमा शान्तिनगरको ४ स्थानमा सडक नाटक प्रदर्शन गरिने छ । पुस ११ गते शिवशक्ति मावि धनौरा र निमावि सुनडबरि तथा १२ गते जनकल्याण उमावि थारमारे र शानितनगर गाउँपालिकाको कार्यालय चिराघाटमा ख्यातीप्राप्त कलाकारहरुले नाटक प्रदर्शन गर्नुका साथै चेतनामुलक सांगीतीक प्रस्तुती राख्ने पाण्डेले जानकारि दिए ।


लागुऔषध प्रयोग गर्नेमध्ये धरैजसो व्यक्ति स्वास्थ्यसम्बन्धी समस्याबाट ग्रसित हुने र यसले घर, परिवार, गाउँसमाज देखि समग्र देशलाइ नै ठूलो क्षती पुर्याउने भएकाले लागूऔषध उत्पादन, सेवन, ओसारपसारमा कमी ल्याउने उद्देश्यले नाटक प्रदर्शन गर्न लागीएको विष्णुदेवी फाउण्डेशनल बताएको छ ।

लागू पदार्थको बर्तमान स्थितिलाई हेर्ने हो भने विशेष गरेर १४ देखि २४ बर्षको उमेर समुह नै लागू पदार्थको दलदलमा फसेको देखिन्छ । एक सिमित बर्ग र समुदायका मानिस नभईकन बिभिन्न समुदाय बर्गका मानिस लागू पदार्थमा फसेको पाइएको छ ।

युवाहरुलाइ दुव्र्यशनीमा फस्न नदिन बिद्यालय स्तरबाटै बिभिन्न समस्या सामना गर्न सक्ने सिप जस्तै तनाव, चिन्ता, समस्या, निर्णय लिने सिप, जस्ता बिभिन्न जिवन उपयोगी सिपहरु पनि वालवालिकालाइ दिनतर्फ ध्यान लगाउने शान्तिनगर गाउँपालिकाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ