१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा इन्द्रेणीद्वारा बिद्यालयहरुमा सामग्री हस्तान्तरण

१५ मंसिर २०७४, शुक्रबार १२:०१

श्याम थापा/मङ्सिर १५, सुस्ता । एक्सन एड नेपालको सहयोगमा नवलपरासी जिल्ला बर्दघाट नगरपालिका वार्ड न ९ पन्चनगरमा रहेको इन्द्रेणी सामाजिक बिकास मञ्चले बाढीमा डुबेर क्षति भएका बिद्यालयहरुमा कक्षा कोठा ब्यवस्थापन गर्ने उद्वेश्यले  सामग्रीहरु हस्तान्तरण गरेको छ । 

यहि श्रावण महिनाको २९ गते आएको बाढीले पाठ्य पुस्तक र कक्षा कोठामा ओछ्याएको कार्पेटहरु पुर्ण रुपले क्षति भएका नवलपरासी जिल्लाको प्रतापपुर गाउँपालिकाको वार्ड न ९ मा रहेको कोटहि प्राथमिक बिधालय,प्रदेश न ४ को बिनयी त्रिबेणि गाउँपालिका वार्ड न ६ मा रहेको नारायणी गण्डकी सास्कुतिक माध्यमिक बिद्यालय त्रिबेणि र सुस्ता गाउँपालिका वार्ड न ५ अन्तर्गत सुस्तामा रहेको जनता दलित प्राथमिक बिद्यालयमा कक्षामा कक्षा कोठा ब्यवस्थापन गर्नका लागि यति कार्पेट र पि पि कार्पेट इन्द्रेणी सामाजिक बिकास मञ्चका कार्यकारी निर्देशक बद्री प्रसाद सुबेदीले बिद्यालयहरुमा हस्तान्तरण गर्नु भएको हो । 

मञ्चका कार्यकारी निर्देशक सुबेदीले जानकारी दिए अनुसार प्रतापपुर गाउँपालिकाको कोटही प्राथमिक बिद्यालयमा १ वटा बालबिकास कोठा, प्रदेश न ४ बिनयी त्रिबेणि गाउँपालिकाको नारायणी गण्डकी सास्कृतिक माध्यमिक बिद्यालयमा १ बालबिकास र १ कक्षा गरि २ वटा कोठा र सुस्ता गाउँपालिकाको जनता दलित प्राथमिक बिद्यालयमा १ बालबिकास र ५ वटा अन्य कोठा गरि ६ वटा कोठामा कक्षा कोठा ब्यवस्थापन सामग्री यति कार्पेट र पि पि कार्पेट हस्तान्तरण गरेको उहाँले बताउनु भयो । 


बाढीको कारणले सो बिद्यालयका बालबालिकाहरुलाई कक्षा कोठामा बस्न असहज भै बालबालिकाहरु बाहिर चौरमा ९फिल्ड० बसालि पठनपाठन गराउदै आएका सुस्ता गाउँपालिकाको वार्ड न ५ सुस्तामा रहेको जनता दलित प्राथमिक बिद्यालयका प्र अ उदय रुचाल मगरले बताउनु भयो । 

त्यस्तै बाढी आएको बखतमा नवलपरासी जिल्लाको ४३ वटा बिद्यालयहरु अनुगमन गर्दा नवलपरासी जिल्ला भरिमा २१ वटा बिद्यालयहरुलाई क्षति पुराएको र जिल्ला शिक्षा कार्यालय नवलपरासीको अनुसार इन्द्रेणी सामाजिक बिकास मञ्चलाई ३ वटा बिद्यालयहरुलाई कक्षा कोठा ब्यवस्थापन सामग्री बितरण गर्नु परेकोले मञ्चका कार्यकारी निर्देशक सुबेदीले बताउनु भयो ।

 सो हस्तान्तरण गरेको सामग्रीले बालबालिकाहरुलाई आनन्द रुपले बसि अध्ययन गर्न पाउने र केही हदसम्म बिद्यालयहरु शैक्षिक गुणस्तरमा सुधार आउने बिनयी त्रिबेणि वार्ड न ६ का वडा अध्यक्ष पृतम गुरुङले बिश्वास लिनु भएको वडा अध्यक्ष गुरुङले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण