१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भाइरल प्रकोप बढ्दो, एक सातामा दर्जनौँको मृत्यु

१६ मंसिर २०७४, शनिबार ०९:४०

मङ्सिर १६, मुगु । जाडो अत्यधिक बढेसँगै जिल्लाभर भाइरल ज्वरो बढेको छ भने दर्जनौँको मृत्यु भइसकेको छ । 

जिल्लाका सबैजसो गाउँ बस्तीमा फैलिएको रुघा, खोकी, निमोनिया र भाइरल ज्वरोका कारण बालबालिका र वृद्धवृद्धा प्रभावित भएका छन् । गाउँमा घाम लागेको बेला हरेक घरका छतमा दुई तीन जना सुतेको देखिन्छ, रुघा खोकीले गाउँ निकै प्रभावित बनेको छ छायानाथ रारा नगरपालिका–१ का स्थानीयवासी धनबहादुर मल्लले जानकारी दिनुभयो । एक हप्तायता गाउँमा निमोनिया र ज्वरोका कारण पाँच वर्षीय बालक र ७० वर्षीया वृद्धाको मृत्यु भएको उहाँले बताउनुभयो । 

त्यस्तै यसै हप्ता छायानाथ रारा नगरपालिका–५ ढुम गाउँकी ७२ वर्षीया लालशोभा बुढाको मृत्यु भएको छ, त्यस्तै वडा नम्बर ७ मा एक वर्षीय बालक र ७० वर्षीय धर्मकला शाहीको मृत्यु भएको छ । त्यस्तै वडा नम्बर ४ भामवाडा गाउँमा एक हप्तायता पाँच जनाको मृत्यु भएको स्थानीयवासी धीरेन्द्र भामले बताउनुभयो । 

यता खत्याड गाउँपालिकाका सबै गाउँ बस्तीमा रुघा खोकी, निमोनिया र ज्वरोको प्रकोप फैलिएको तथा सबैभन्दा बढी बालबालिका र वृद्धवृद्धा प्रभावित भएको स्थानीयवासी वीर्खबहादुर थापाले जानकारी दिनुभयो । रुघा, खोकी र ज्वरोका कारण शुक्रबारसम्म आधा दर्जन बढीको मृत्यु भएको उहाँले जानकारी दिनुभयो । 

यो साताभित्र एउटै रिगा गाउँका ६५ वर्षीय बिउरासर पाण्डे, ४४ वर्षीय विष्णु जैसी र ७५ वर्षीय ऋषिसन्न उपाध्याय र सुकाढिक गाउँकी ५५ वर्षीय पूर्वा कार्कीको मृत्यु भएको छ । 

कात्तिक दोस्रो सातादेखि अन्तिमसम्म सेरी साटबाडा गाउँका ५९ वर्षीय सिंहबहादुर बुढा, खमाले कवाकी ४२ वर्षीय मागी रोकाया, पैखु गाउँका ५६ वर्षीय धनसिंह थापा र सोही गाउँका ६५ वर्षीय दलसुर थापाको मृत्यु भएको छ । 

कडा ज्वरो आउने, टाउको दुख्ने, घाँटी पाक्ने, पेट दुख्ने रिंगटा लाग्ने बान्ता आउने आँखा दुब्ने खाना खान मन नलाग्नेजस्ता रोगको लक्षणले शरीर कमजोर हुँदै जाँदा औषधि उपचार नभएर मृत्यु हुने गरेको स्थानीयवासीले बताएका छन् । 

दुई सातासम्म बालबालिका र तन्नेरी बिरामी परेर सञ्चो हुने र ५० वर्षभन्दा माथिका दमरोग रक्तचाप कम र बढी भएका महिला पुरुषलाई रोगले बढी च्यापेर धमाधम मृत्यु हुन गरेको छ । 

गम्था, रिघा, रातापानी, कोटडाँडा, श्रीकोटलगायत बस्तीमा व्यापक भाइरल ज्वरो फैलिएको छ । चिसो बढ्दै जा“दा झन भाइरल ज्वरोका बिरामी बढेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण