२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अर्गानिक खेतीबाटै वार्षिक २५ लाख आम्दानी

२०७३, २८ बैशाख मंगलवार ११:५२

योगराज विश्वकर्मा, बैशाख २८, सल्यान । स्वदेशमा सम्भावना नदेखी विदेशीने युवाहरुको लागि गतिलो उदाहरण बनेका छन सल्यान शारदा न.पा.४ साहिलाकम्द निवासी कृष्ण बहादुर वली ।

बढ्दो विषादीको उच्च प्रयोगलाई निरुत्साहित गर्दै जैविक मल प्रयोग गरी स्वस्थ तरकारी, फलफुल उत्पादन गरी सबै खर्च कटाएर वार्षिक २५ लाख भन्दा बढि आम्दानी गर्न सफल भएका छन ।

२०५२ सालमा प्रविनता प्रमाणपत्र तह उर्तीण गरेका कृषक वलीले ४ वर्ष सम्म रोजगारीको लागि भारत जानुपर्ने वाध्यताकै विचमा कृषि जन्य बस्तुहरु खरिदविक्रि संगै आफ्नै घर नजिकको पाखो जमिनमा तरकारी तथा फलफुल खेती गर्न थालेका हुन ।

अथक मेहनत र परिश्रम संगै उनको कृषि कर्मले सफलता हात पार्दै गयो, जिल्लाका केही संघसंस्था तथा जिल्ला कृषि विकास कार्यालयको सहयोग तथा व्यक्तिगत लगानीमा हाल उहाले ३० रोपनी पाखो जमिनमा विभिन्न स्थानीय तथा अन्तराष्ट्रिय प्रजातीका विरुवा, फलफुल, जडिबुटी तथा तरकारी उत्पादन गर्दै आएका छन ।

प्रत्यक्ष रुपमा चार जनालाई रोजगारी समेत दिउका वली गरेपछि जे पनि सम्भव हुने कुरामा विश्वस्त छन । पानीको अन्य कुनै स्रोत नभएता पनि आकासे पानी संकलन गरी अर्गानिक खेती गरेर जिल्लाकै नमुना कृषकको रुपमा स्थापित भएका हुन । आफ्नो उत्पादनका लागि बजारको कुनै समस्या नभएको र खोजी खोजी घरमै व्यापारीहरु किन्न आउने उनले बताए ।

नेपालका ६२ जिल्ला भ्रमण गरिसकेका वली विभिन्न कृषि सम्बन्धि तालिमहरुमा प्रशिक्षको रुपमा विभिन्न ठाउहरु जाने गरेका छन । उनी नेपाल सरकारको उत्कृष्ठ राष्ट्रपति कृषक पुरस्कार तथा अन्य थुप्रै पुरस्कारहरुबाट सम्मानित भै सकेका छन । सदैब कृषि कर्ममा रमाउने कर्मठ कृषक कृष्ण बहादुर वली जस्तै नेपालका विभिन्न ठाउमा यसरी नै कृषि व्यवसायमा लागेमा हजारौंको लागि रोजगारीको सृजना हुने निश्चित देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै