३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अर्गानिक खेतीबाटै वार्षिक २५ लाख आम्दानी

२८ बैशाख २०७३, मंगलवार ११:५२

योगराज विश्वकर्मा, बैशाख २८, सल्यान । स्वदेशमा सम्भावना नदेखी विदेशीने युवाहरुको लागि गतिलो उदाहरण बनेका छन सल्यान शारदा न.पा.४ साहिलाकम्द निवासी कृष्ण बहादुर वली ।

बढ्दो विषादीको उच्च प्रयोगलाई निरुत्साहित गर्दै जैविक मल प्रयोग गरी स्वस्थ तरकारी, फलफुल उत्पादन गरी सबै खर्च कटाएर वार्षिक २५ लाख भन्दा बढि आम्दानी गर्न सफल भएका छन ।

२०५२ सालमा प्रविनता प्रमाणपत्र तह उर्तीण गरेका कृषक वलीले ४ वर्ष सम्म रोजगारीको लागि भारत जानुपर्ने वाध्यताकै विचमा कृषि जन्य बस्तुहरु खरिदविक्रि संगै आफ्नै घर नजिकको पाखो जमिनमा तरकारी तथा फलफुल खेती गर्न थालेका हुन ।

अथक मेहनत र परिश्रम संगै उनको कृषि कर्मले सफलता हात पार्दै गयो, जिल्लाका केही संघसंस्था तथा जिल्ला कृषि विकास कार्यालयको सहयोग तथा व्यक्तिगत लगानीमा हाल उहाले ३० रोपनी पाखो जमिनमा विभिन्न स्थानीय तथा अन्तराष्ट्रिय प्रजातीका विरुवा, फलफुल, जडिबुटी तथा तरकारी उत्पादन गर्दै आएका छन ।

प्रत्यक्ष रुपमा चार जनालाई रोजगारी समेत दिउका वली गरेपछि जे पनि सम्भव हुने कुरामा विश्वस्त छन । पानीको अन्य कुनै स्रोत नभएता पनि आकासे पानी संकलन गरी अर्गानिक खेती गरेर जिल्लाकै नमुना कृषकको रुपमा स्थापित भएका हुन । आफ्नो उत्पादनका लागि बजारको कुनै समस्या नभएको र खोजी खोजी घरमै व्यापारीहरु किन्न आउने उनले बताए ।

नेपालका ६२ जिल्ला भ्रमण गरिसकेका वली विभिन्न कृषि सम्बन्धि तालिमहरुमा प्रशिक्षको रुपमा विभिन्न ठाउहरु जाने गरेका छन । उनी नेपाल सरकारको उत्कृष्ठ राष्ट्रपति कृषक पुरस्कार तथा अन्य थुप्रै पुरस्कारहरुबाट सम्मानित भै सकेका छन । सदैब कृषि कर्ममा रमाउने कर्मठ कृषक कृष्ण बहादुर वली जस्तै नेपालका विभिन्न ठाउमा यसरी नै कृषि व्यवसायमा लागेमा हजारौंको लागि रोजगारीको सृजना हुने निश्चित देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’