ताराबहादुर महत । मंसिर १७, दोलखा । दोलखामा १८ बर्षिय किशोरदेखि ७१ बर्षिय बृद्ध समेत एउटै जुवाखालबाट पक्राउ परेका छन । दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर ८ सुनखानीबाट उनीहरुसहित जुवा खेलिरहेका २६ जनालाई दोलखा प्रहरीले पक्राउ गरेको जनाएको छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । मंसिर १७, दोलखा । दोलखामा १८ बर्षिय किशोरदेखि ७१ बर्षिय बृद्ध समेत एउटै जुवाखालबाट पक्राउ परेका छन । दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर ८ सुनखानीबाट उनीहरुसहित जुवा खेलिरहेका २६ जनालाई दोलखा प्रहरीले पक्राउ गरेको जनाएको छ ।

२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

प्रहरीको निशानामा जुवाडे ः एउटै खालबाट १८ बर्षिय किशोरदेखि ७१ बर्षिय बृद्धसम्म पक्राउ

२०७४, १७ मंसिर आईतवार १२:२१

ताराबहादुर महत । मंसिर १७, दोलखा । दोलखामा १८ बर्षिय किशोरदेखि ७१ बर्षिय बृद्ध समेत एउटै जुवाखालबाट पक्राउ परेका छन । दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर ८ सुनखानीबाट उनीहरुसहित जुवा खेलिरहेका २६ जनालाई दोलखा प्रहरीले पक्राउ गरेको जनाएको छ ।

लामो समय अघिदेखि जात्रा लाग्ने गरेको साविक सुनखानी गाविसमा अवस्थित कालिनाग मन्दिरको जात्रामा कौडा पैसाको हारजित हुनेगरी कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो । पक्राउ पर्नेमा कालिञ्चोक ९ का ६४ बर्षिय दानबहादुर शिवाकोटी, सोहि ठाउँका १८ बर्षिय गणेश सेढाँई, आईतमान थामी, सोम थामी लगायत ६ जना वडा नम्बर ८ का शंकर शिवाकोटीसहित १४ जना, कालिञ्चोक २ का ७१ बर्षिय भेषबहादुर पाण्डे, कमलामाई ५ सिन्धुलीका २५ बर्षिय अमरबहादुर श्रेष्ठ लगायत रहेका छन् । 

उनीहरुलाई पक्राउ गरिएको स्थानबाट ८२ हजार १ सय ७५ रुपैँया नगदसहित १६ थान कौडा, ५२ पत्ति तास र केहि थान म्याट तथा गुन्द्री पनि बरामद गरिएको प्रहरी प्रमुख कार्कीको भनाई छ । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय चरिकोटमा ल्याई घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । यसअघि पनि विभिन्न जात्रा, उत्सव, चाडपर्व लगायतका अवसरमा जुवातास खेल्ने दर्जनौंलाई प्रहरीले पक्राउ गरेर कारबाही गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै