२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा सुरक्षा प्रभावकारी बनाउन निर्देशन

१९ मंसिर २०७४, मंगलवार ०३:२४

मङ्सिर १९, दाङ । सुरक्षा निकायका प्रमुखहरुले मंसिर २१ गते हुने निर्वाचनका लागि प्रभावकारी सुरक्षा प्रबन्ध मिलाउन दाङका सुरक्षा प्रमुखहरुलाई निर्देशन दिनुभएको छ । 

नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सोमबार दाङमा आउनुभई जिल्लास्थित सुरक्षा निकायका प्रमुखलाई भरपर्दो सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिनुभयो । 


निर्वाचन बिथोल्ने आपराधिक गतिबिधि जारी रहँदा सुरक्षा निकायका प्रमुख आएर सुरक्षा अवस्थाका बारेमा जानकारी लिनुभएको छ । नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीपकुमार रेग्मीसहित सुरक्षा निकायका प्रमुखले दाङको सुरक्षा अवस्थाबारे जानकारी लिनुभएको थियो । 

केही दिन पहिले प्रधानमन्त्री शेरबहादुर देउवा दाङ आएको बेला भएको वम विष्फोट र उम्मेदवारलाई लक्षित गरी भइरहेका बम विष्फोटका घटनाका बारेमा बुझ्दै सुरक्षा निकायका प्रमुखले आवश्यक सुरक्षा सतर्कता बढाउन निर्देशन दिनुभएको थियो । 

नेपाल प्रहरीका प्रमुख अर्यालले आम मतदाता र उम्मेदवारको पूर्ण सुरक्षाको जिम्मा लिँदै अपराधमा संलग्न कुनै पनि समूह वा व्यक्तिलाई कानुनी दायरामा ल्याउन सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिनुभयो । 

चुनावलाई भयरहित, स्वतन्त्र, सुरक्षित र मर्यादित बनाउन जिल्लास्थित सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिँदै मतदाता, उम्मेदवार र चुनाव सामग्रीको सुरक्षामा जिम्मेवार बन्नसमेत सुझाव दिनुभएको थियो । जिल्लामा चुनावलाई सुरक्षित बनाउन चार हजार एक सयभन्दा बढी सुरक्षाकर्मी परिचालन भएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ